देशलाई मगन्ते नबनाऊ : कोइराला

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७५

लमजुङ, २६ चैत। नेपाली काँग्रेस महामन्त्री शशांक कोइरालाले देशलाई मगन्ते र सर्वसाधारणमा करको भार पार्न नहुने बताएका छन्।

नेपाल प्रेस युनियन लमजुङको आयोजनामा मंगलबार वेशीशहरमा भएको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन्।

कोइरालाले जनतामा करको बोझ पार्न नहुने भन्दै नेपाली काँग्रेसले जितेको स्थानीय तहमा आफूले कर नबढाउन निर्देशन दिएको र कतिपय स्थानमा फिर्ता समेत जानकारी दिए। उनले भने, ‘विदेशी अनुदान र करको भार कम गर्ने गरी सन्तुलनमा देश चलाउनु पर्छ, देशलाई मगन्ते बनाउनु हुँदैन। ’

नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार दुईतिहाईको दम्भमा अधिकायकवादतर्फ उन्मुख भई प्रदेश र स्थानीय तहलाई दिनु पर्ने अधिकार पनि नदिई केन्द्रीकृत शासन गर्न खोजिरहेको आरोप लगाए।

व्यवस्थापिका, कार्यपालिका कब्जा गर्ने, स्वतन्त्र न्यायालय र प्रेसमा धाबा बोल्ने, सुरक्षा परिषद समेत आफ्नो नियन्त्रणमा लिन ओली उद्दत छन्, कोइरालाको आरोप थियो।

कार्यक्रममा नेता कोइरालाले भने, ‘विकासका काममा समेत एकलौटी ढंगले कम्युनिष्टकरण गरिएको छ। हामीले सदनमा सक्दो रूपमा विरोध गर्ने र जनताका पक्षमा बोल्ने गरिआएका छांै। ’

पार्टीको गुटबन्दी स्वीकार गर्दै कोइरालाले काँग्रेसको अढाई वर्ष पछि हुने आउँदो महाअधिवेशनबाट पार्टी एक ढिक्का हुने दाबी गरे।

‘पार्टी एक ढिक्का बनाउने एजेण्डा के हो, काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले विधिमा विश्वास गरेर प्रष्ट नीतिका साथ कहिलेदेखि चल्छ? भन्ने पत्रकारको थप जिज्ञासामा कोइरालाले भने, ‘यो प्रश्न त शेरबहादुरजीलाई सोधे हुन्थ्यो, म त सधैँ काँग्रेस विधिमा चल्नु पर्छ र एकै ढिका हुनुपर्छ भनिरहेको छु। ’

उनले विगतका जस्तो हिन्दूधर्मको पक्षमा वकालत गरेनन् तर सनातन संस्कृतिको संरक्षण र धर्म परिवर्तन गर्न नहुने जस्ता कुरामा काँग्रेस प्रष्ट छ त्यो मिल्दैन भने।

जिल्ला सभापतिको भेला गरेर पार्टी सभापति देउवालाई कमजोर बनाउन खोजिएको हो? भन्ने पत्रकारको अर्को जिज्ञासामा उनले भने, ‘महामन्त्रीको हैसियतले मैले कहिल्यै पनि सभापतिको विरुद्धमा छैन, मलाई थाहा छ मैले त्यो गरे भने पार्टी झनै कमजोर हुन्छ। ’

नेपाल प्रेस युनियन लमजुङ अध्यक्ष ऋषि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सचिव नीरज अधिकारीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै