पोखरा, २६ चैत। नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन तयारी पूरा भएको छ।
पोखरा सभागृहमा चैत २८ र २९ गते हुने सम्मेलनको तयारी पूरा भएको काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले मंगलबार पत्रकार भेटघाट गरी सो जानकारी दिएको हो।
उद्घाटनसत्रलाई पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहित शिर्ष नेताहरुले सम्बोधन गर्ने छन्।
सम्मेलन लक्षित गरी पोखरा न्यूरोडलाई पार्टीको तारातारे झण्डाले सिँगारिएको छ भने पोखराका मुख्य शहरी क्षेत्रमा स्वागत व्यानरहरु टाँगिएको छ।
काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमिति अध्यक्ष गोविन्द पुडासैनीले पार्टीलाई चलायमान र सुदृढीकरण बनाउने उद्देश्यले सम्मेलन गर्न लागिएको बताए। सम्मेलनले पार्टीभित्र गुट–उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न मार्ग निर्देशन गर्न दबाब सिर्जना गर्ने उल्लेख गरे।
‘पार्टीको मुख्य समस्या भनेकै गुट–उपगुट हो, ’ अध्यक्ष पुडासैनीले भने, ‘स्थानीयदेखि केन्द्रसम्म गुट–उपगुट अन्त्य गर्न जरुरी छ। ’
सम्मेलनले विदेश पलायन युवालाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ।
त्यस्तै, सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्न केन्द्रलाई आग्रह समेत गर्ने र कास्की क्षेत्र नम्बर २ सहित रिक्त स्थानमा निर्वाचन गराउन सरकारलाई दबाब दिनेछ।
काँगेस कास्की सभापति कृष्ण केसीले सम्मेलनलाई सभ्य र भव्य बनाउन कास्की काँग्रेसले सहयोग गर्ने आश्वासन दिए।
कार्यक्रममा काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमिति महासचिव लक्ष्मी पाण्डे, सदस्य रेशम गुरुङ, रमेश पाण्डे र प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल लगायतले सम्मेलनबारे बोलेका थिए।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
संसद पुनर्स्थापनापछि विजय र्याली
‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
hero news full width
मुख्य समाचार
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७कोरोनाको खोप : पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए
फागुन १२, २०७७प्रधानमन्त्रीले बोलाए पार्टी स्थायी कमिटी बैठक
फागुन १२, २०७७