बागलुङ, २७ चैत । गलकोट नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री प्रदान गरेको छ । व्यावसायिक कृषि गर्ने किसानलाई प्लाष्टिक घर (टनेल), मौरीघार र बिउ राख्ने भकारी अनुदानमा वितरण गरेको हो ।
नगरभित्रका ११ वटै वडामा गरी २३६ किसानलाई प्लाष्टिक घर (टनेल) प्रदान गरिएको नगरपालिकाले जनाएको छ । वडा नं १ मा ३८, २ मा २२, ३ मा ३५, ४ मा १०, ५ मा २२, ६ मा १५, ७ मा ३३, ८ मा १७, ९ मा ९, १० मा १५ र ११ मा २५ किसानले प्लाष्टिक घर (टनेल) पाएका छन् ।
कूल चार हजार ८०० मूल्यको ‘टनेल’ किसानलाई रु दुई हजार ४०० मा उपलब्ध गराइएको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । वडाबाट आएका माग र सिफारिशका आधारमा किसानलाई अनुदान दिइएको हो ।
अन्नबालीको बीउ राख्न चाहिने भकारीमा ४७ किसानले अनुदान पाएका छन् । वडा नं १, ५ र ६ मा पाँच–पाँच, वडा नं २, ३, ४, ७, ८, ९, १० र ११ का चार–चार किसानले भकारीमा अनुदान पाएका हुन् । १३ हजार मूल्य पर्ने भकारी किसानले रु छ हजार ५०० मा पाएका छन् । यस्तै नगरभित्रका १२५ किसानले मौरीघारमा अनुदान पाएका छन् । रु तीन ४५० पर्ने घार किसानलाई रु एक ७२५ मा उपलब्ध गराइएको हो ।
नगरपालिकाको कृषि तथा पशु सेवा शाखाका अनुसार झण्डै रु २० लाखको कृषि सामग्री ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको हो । “कृषिको व्यावसायिकरणमा हाम्रो जोड छ” नगरप्रमुख गैरेले भने , “कृषि र पशुपालनमा लगानी र अनुदान अझ बढ्छ ।” कृषिको अनुदान दुरुपयोग हुने र प्रतिफल नआउने प्रवृत्ति रोक्न अनुगमनलाई प्रभावकारी बनाइने भएको छ ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७