पोखरा, २७ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भीरबाट लडेर मङ्गलबार बेलुका एक जनाको मृत्यु भएको छ । मुदीको बगरस्थित तातोपानी कुण्डमा नुहाएर गाउँतिर फर्कने क्रममा खिवाङका जीतबहादुर पुनको मृत्यु भएको हो ।
मुदीको भीर धवलागिरि चक्रिय पदमार्गको सबैभन्दा जोखिमपूर्ण भीर हो । भीरबाट चिप्लेका पुन करीब ३०० मिटर तल खस्दा ज्यान गएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ । आफन्तसँगै तातोपानीमा स्नान गरेर फर्किदै गरेको अवस्थामा लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताउनुभयो । पूर्वव्रिट्रिश आर्मी समेत रहेका पुन सेवानिवृत्त भएपछि सामाजिक क्षेत्रमा सक्रिय थिए ।
Related News
सम्बन्धित समाचार
ट्रक ठोकिँदा दुईजनाको मृत्यु
प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
hero news full width
मुख्य समाचार
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७