कास्कीको रुपामा चट्याङ पर्दा तीन घाइते

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७५
CHATANG

पोखरा, २६ चैत । कास्की रुपा गाउँपालिका–५ काफलडाँडामा एक पिपलको रुखमा मंगलवार विहान ७.३० वजे परेको चट्याङ लागेर तीन जना घाइते भएका छन् ।

पिपलको रुखमा चट्याङ पर्दा नजिकै रहेको पुष्प कुमालको घरको विद्युत मिटरबक्स पडकिदा पिढीमा बसिरहेका तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घाइते हुनेमा वर्दीया ताराताल नगरपालिका –७ घरभई रुप गाउँपालिकामा बस्दै अएकी ३० बर्षीया भगवती सुनार, सोही स्थान निवासी १९ बर्षीया शान्ति नेपाली र पोखरा खुदी घरभई मामा पुष्प कुमालको घर गएकी ११ बर्षीया सुमिना कुमाल घाइते भएका हुन । उनीहरुको पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width