म्याग्दी, २६ चैत । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ जुग्जाका अग्निपीडित चेतनारायण शेरचलाई प्रवासी म्याग्देलीले २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
बेलायतमा कार्यरतÞ रेशम शेरचनको संयोजकत्वमा बेलायत, कोरिया, जापान, अमेरिका र अष्टे«लियामा कार्यरत नेपालीबाट सङ्कलन गरिएको २५ लाख रुपैयाँ मध्ये ६ लाख ५० हजारमा किनेको नयाँ घरसहित बाँकी रकम गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरमार्फत पीडित शेरचन र उनका आफन्तलाई हस्तान्तरण गरिएको छ ।
२५ लाखमध्ये ६ लाख ५० हजारमा घर खरीद गरिएको छ भने चर्पीलगायत अन्य व्यवस्थापनमा पाँच लाख ५० हजार खर्च भएको आर्थिक सहयोग सङ्कलनका संयोजक शेरचनले जाकारी दिए ।बाँकी १३ लाख रुपैयाँ पीडितका आफन्त गोविन्द शेरचनको अध्यक्षतामा सात सदस्यीय अक्षयकोष समिति गठन गरी गरिमा विकास बैंकमा चेतनारायण भरण पोषण कोष स्थापना गरी जम्मा गरिदिएको शेरचनले बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रोका मगरले आगलागीबाट बिचल्लीमा परेका शेरचन दम्पतीलाई प्रवासीले आर्थिक सहयोग गरी पीडितको घाउमा मलम लगाउने काम गरेको बताए । गत मङ्सिर ६ गते घरमा अचानक आगलागी हुँदा पीडित शेरचनको घरभित्र रहेको धनमाल जलेर नष्ट भएको थियो ।
Related News
सम्बन्धित समाचार
तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९