चिप्लेढुंगा, २५ चैत। गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले नागरिकलाई स्वास्थ्य सेवा प्रदायक अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताएकी छन्।
तेस्रो स्वास्थ्य बीमा दिवसका अवसरमा स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा भएको ‘स्वास्थ्य बीमा अन्तक्रिया’ कार्यक्रममा उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रदेश सरकार, स्थानीय तह, नागरिक समाज र जनताका बीचमा सहकार्य गरी प्रभावकारीरूपमा आगाडि बढाउनुपर्नेमा जोड दिइन्। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रमेशप्रसाद अधिकारीले स्वास्थ्य बीमालाई सफल कार्यान्वयनको दिशामा आगाडि बढाउनुको विकल्प नभएको बताए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले स्वास्थ्य बीमा कार्यक्रमबाट धेरै नागरिक लाभान्वित भएको र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सेवा प्रदायक अस्पतालमा पर्याप्त मात्रामा जनशक्ति, भौतिक पूर्वाधार र औजार उपकरणको व्यवस्था राज्यले गर्नुपर्ने आवश्यकता आँैल्याए। पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले टोलटोल र वडा तहमा स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमासम्बन्धी प्रचारात्मक कार्यक्रमा जोड दिनुपर्ने बताए।
मातृशिशु मितेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रेमराज पंगेनीले स्वास्थ्य बीमा कार्यक्रमले नागरिक र अस्पताल दुवैले यसलाई अवसरका रूपमा लिनुपर्ने बताए।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सफल बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्वास्थ्य बीमा स्रोत व्यक्ति भीमप्रसाद पौडेल, मणिपाल शिक्षण अस्पतालका निर्देशक एएल शर्मा र फामेर्सी इञ्चार्ज डा सुदेश ज्ञवाली, गण्डकी मेडिकल कलेजका मेसु टुमाया घले, नागरिक समाज कास्कीका अध्यक्ष विष्णुहरि अधिकारी, स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश संयोजक जीवलाल खरेल, स्वास्थ्य बीमा कार्यक्रमका दर्ता अधिकारी खेमनारायण चौधरी, स्वास्थ्य बीमा कार्यक्रमका दर्ता सहयोगी लक्ष्मी अधिकारी, इन्दिरा पन्त, कल्पना गौतम, लगायतले संविधान प्रदत्त स्वास्थ्य बीमा कार्यक्रम नागरिकका लागि आवश्यक रहेकामा जोड दिँदै यसलाई सफल बनाउन सबैको सामूहिक प्रयास हुनुपर्ने बताए।
प्रदेशको बागलुङ, कास्की, म्याग्दी, तनहुँ र गोरखामा स्वास्थ्य बीमा लागू भएका छन्। ती जिल्लामा हालसम्म ५४ हजार १ सय १० परिवारका दुई लाख ४४ हजार ५ सय १७ सदस्य स्वास्थ्य बीमामा आबद्ध भएका संयोजक खरेल जानकारी दिए।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
फागुन १२, २०७७