आलु महोत्सवमा ८ लाखको कारोबार

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७५
aalu mahosub hemja_Fotor

आलुको मालामा सजिएका अतिथिको साथमा आयोजक। तस्वीरः श्रीभद्र पौडेल/आदर्श समाज

हेमजा, २५ चैत। १० औं राष्ट्रिय हेमजा आलु महोत्सवमा सोमवारसम्म आठ लाख रुपैयाँ बराबरको आलुको कारोबार भएको छ। महोत्सवमा प्रतिकेजी ३२ रुपैयाँका दरले आलुको कारोबार भइरहेकोले कारोबार बढेको हो।

महोत्सव मध्यतिर आइरहँदा दर्शक सहभागिता पनि बढ्दै झाँकी र्याली व्यवस्थापन समिति संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए।

हेमजास्थित विष्णुपादुका क्लबको आयोजनामा शुक्रवारदेखि शुरु महोत्सवमा पहिलो दुई दिन वर्षाका कारण दर्शक कम भए पनि त्यसयता दर्शक संख्या ह्वात्तै बढेको छ। सोमवारसम्म कुल १५ हजार दर्शकले महोत्सव अवलोकन गरेको स्वयम् सेवक परिचालन उपसमितिका संयोजक राजेन्द्र थापा (गौरव) ले जानकारी दिए।

सोमबार प्रमुख अतिथि गण्डकी प्रदेश सांसद रामजी बरालले कृषि पेशालाई मर्यादित बनाउनुपर्नेमा जोड दिए। आलु महोत्सव हेमजाको मात्र नभएर राष्ट्रकै भएको उनको भनाइ थियो।

गण्डकी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरद्रचन्द्र श्रेष्ठले हेमजालाई नमुना कृषि गाउँ बनाउनुपर्ने तर्क गर्दै त्यसका लागि तयार रहन हेमजावासीलाई आग्रह गरे। उनले सामूहिक र व्यावसायिक खेती प्रणाली गर्न आग्रह पनि गरेका थिए।

त्यस अवसरमा कृषि विज्ञ वीरेन्द्रबहादुर हमाल, सम्मानित किसान पार्वती बानियाँ लगायतले पनि भनाइ राखेका थिए।

कार्यक्रमबीच गण्डकी प्रदेश स्तरीय कृषि प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल कुल एक सय ५० जना कृषकलाई सम्मान गरिएको थियो। सोमबार कलाकार प्रकाश सपूत, जीवन दाहाल, सुरेशरमण अधिकारी, रामजी पौडेल, मञ्जु विक, माया गुरुङ, अञ्जु रामदाम, सन्तोष सुवेदी लगायतको प्रस्तुति रहेको थियो। रत्यौली प्रतियोगिता तथा राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिताले निरन्तरता पाएको सांस्कतिक उपसमिति संयोजक सुर्यबहादुर कुँवरले जानकारी दिए।

महोत्सवमा मंगलवार लोकदोहोरीतर्फ सम्झना भण्डारी, पार्वती जिसी, शंकरविरही गुरुङ, कृष्ण सुवेदी र दुर्गा क्षत्री, हास्यतर्फ भद्रगोल टेलीफिल्मका पाँडे र जिग्री साथै अर्जुन घिमिरे र कुमार कट्टेलको प्रस्तुति रहने आयोजक विष्णुपादुका क्लबले जनाएको छ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो। कृषि विकास निर्देशनालय प्रमुख विमल थापा क्षत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रम महोत्सव मूल आयोजत समिति महासचिव बसन्तकुमार श्रेष्ठ संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    स्याङ्जा । फेदीखोला गाउँपालिका १ सर्केटारीमा २ दिनेसम्म चलेको प्रथम फेदीखोला आलु प्रदर्शनी सकिएको छ । आलु पकेट विस्तारसँगै प्रवद्र्धनमा…
  • सर्वेश्वरका पसल शनिबार पनि खुल्ने

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसाय शनिबार पनि खुल्ने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर…
  • इन्फोम्याक्स कलेजमा वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । ग्लोबल आइएमई बैंक लिमिटेडको पोखरा सभागृह शाखाले ग्लोबल मनी दिवसका अवसरमा इन्फोम्याक्स कलेजमा शुक्रबार वित्तीय साक्षरता कार्यक्रम गरेको…
  • नौपचारिक क्षेत्रका श्रमिकलाई वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन) जिल्ला समिति कास्कीको आयोजना अनौपचारिक क्षेत्रका श्रमिकलाई वित्तीय साक्षरता कार्यक्रम शुक्रबार भएको…
  • गोरखामा ९ महिनामा ११३ घरेलु उद्योग बन्द   

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    गोरखा ।  विगत नौ महिनाको अवधिमा गोरखा जिल्ला भित्र सञ्चालित साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढदै गएको छ…

hero news full width