लेखनाथ, २५ चैत। सिद्धार्थ बैंक लिमिटेडले लेखनाथको तालचोकमा शाखा विस्तार गरेको छ।
शाखा कार्यालय उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सीप, ज्ञान र उच्च किसिमको प्रविधि भित्र्याएर लगानीमैत्री वातावरण सृजना गर्नपर्नेमा जोड दिए।
मन्त्री गुरुङले देश अझै पनि संक्रमणकालको अवस्थामा रहेको उल्लेख गर्दै यसबीचमा पनि जनताले आशा गरे अनुसारको काम गर्न सरकार लागिपरेको बताए।
गण्डकी प्रदेशका विकास समितिका सभापति दीपक कोइरालाले जनातालाई उत्पादन र ब्यावसायिक बनाउन बैंक तथा वित्तीय क्षेत्रले लगानीमैत्री वातावरण सृजना गर्नुपर्ने सुझाव राखेका थिए।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले उद्योग व्यवसायीहरुको सेवा दिने गरी स्थापना भएका बैंक तथा वित्तीय क्षेत्रले स्वच्छ प्रतिष्पर्धा माध्यमबाट अगाडि बढ्नु पर्नेमा धारणा राखेका थिए।
बैंक संचालक समितिका सदस्य दिनेशशंकर पालिखेको अध्यक्षतामा भएको सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले घरमा राखेको पैसाको मुल्य घट्ने, बैंकमा राखे बढ्ने भएकाले जनतामा बैकिङ सेवा लिने बानीको विकास हुनु पर्ने सुझाव दिए।
लेखनाथ शाखा प्रमुख केशवराज पौडेलले धन्यवाद ज्ञापन राखेको कार्यक्रमको संचालन पस्र्याङ शाखा प्रमुख अनिरुद्र बरालले गरेका थिए।
बैंकले नेपालभर एक सय ४९ वटा शाखा संचालन गरी सेवा प्रदान गरिरहेको जनाएको छ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१