प्रोटिनबारे सचेतना

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७५
protein_Fotor

पोखरा, २५ चैत। ‘पोखरामा सवैका लागि प्रोटिन’ भन्ने मूल नाराका साथ प्रोटिनको महत्वबारे सचेतनामूलक कार्यक्रम गरिएको छ।

नेपाल युवा उद्यमी मञ्च कास्की, नेपाल भेटेरेनरी एशोसियशन र युसेकले संयुक्त रुपमा कार्यक्रम गरेको हो। कार्यक्रममा एक सय ८० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रोटिन के हो? , प्रोटिनको महत्व र प्रयोगबारे जानकारी दिइएको नेपाल युवा उद्यमी मञ्च कास्कीका सदस्य डा. अशेष भट्टराईले जानकारी दिए।

त्यस अवसरमा कन्सल्टेण्ट फिजिसियन डा. दिपेश कार्की, न्युटेसनिष्ट/डाइटेसियन श्री विद्याआर कायस्थ र कन्सल्टेण्ट डा पवन कुमारले सहजिकरण गरेका थिए।

नेपाल युवा उद्यमी मञ्च कास्कीका अध्यक्ष वैभव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव सुयश मल्ल र नेपाल भेटेरेनरी एशोसियशनका केन्द्रीय सदस्य डा. शितलकाजी श्रेष्ठले बोलेका थिए।

Related News

hero news full width