गैडाको आक्रमणबाट पर्यटक र गाईड घाईते

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७५
gaida

चितवन, २५ चैत । चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका पर्यटक र उनका गाईड सोमबार एकसिंगे गैंडाको आक्रमणमा परी घाइते भएका छन् । घाईते हुनेमा अस्टे«लियन नागरिक पासपोर्ट नं. ६०८५६८५ का १८ वर्षीय विलियम पिटर र नेपाली गाईड रत्ननगर नगरपालिका वडा नं. ६ का ५० वर्षीय जीतु महत्तो रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।

गैंडाको आक्रमणबाट गम्भीर घाईते उनीहरुलाई उपचारको लागि काठमाण्डौं लगिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिम्रिक एयरलायन्सको हेलिकप्टरमार्फत् उनीहरुलाई काठमाण्डौं लगिएको हो । उनीहरुको काठमाण्डौँको मेडिसिटि हस्पिटलमा उपचार भइरहेको जनाईएको छ

पिटरको अवस्था गम्भिर रहेको छ भने महत्तोको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने दूधौरामा उनीहरुलाई चितवन राष्ट्रिय निकुञ्ज घुम्न पैदन हिड्ने क्रममा बिहान गैडाले आक्रमण गरेको थियो । डुङ्गा सयरपछि जङ्गलमा पैदलयात्रा गर्न गएका पर्यटकलाई बच्चासहित रहेको गैँडाले लखेटेर आक्रमण गरेको हो । घटना लगत्तै निकुञ्ज कर्मचारी, सुरक्षाकर्मी, होटल व्यवसायी, पथ प्रदर्शक उद्धारका लागि घटनास्थल पुगेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width