डेभिजफलको अध्यक्षमा पौडेल

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७५
davis fall news photo

पोखरा, २५ चैत । डेभिजफल टोल विकास संस्था पोखरा–१७ को ८ औं अधिवेशन तथा साधारणसभाले नारायण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

उक्त समितिको बरिष्ठ उपाध्यक्ष प्रवीण पौडेल, उपाध्यक्ष राधिका पहारी, सचिव प्रकाश सुवेदी, सह–सचिव देवी चपाई, कोषाध्यक्ष कृष्णबहादुर मल्ल र सदस्यहरुमा सुवेदार भीम बहादुर क्षेत्री, जगन्नाथ घिमिरे, कमला पौडेल, तेज प्रसाद ढकाल, ईन्दिरा आचार्य र सूर्य प्रसाद कोइराला चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन वडाध्यक्ष तिर्थराज अधिकारीले गरेका थिए । उक्त अवसरमा झपिन्द्रराज रेग्मी, विष्णु प्रसाद पौडेल, राजन अधिकारी,गोपाल बराल,लेखनाथ बराल, क्या. खड्ग बहादुर शाही, लक्ष्मण बाँस्तोला लगायतले आफ्नो भनई राखेका थिए ।

सस्थाको कार्य प्रगति एवम् भावि योजना सचिव प्रकाश सुवेदीले, संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्णबहादुर मल्लले प्रस्तुत गरेका थिए ।संस्थाकी अध्यक्ष रंगीला आचार्यको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width