पोखरा, २५ चैत । काठमाण्डौ उपत्यकामा संचालित सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रु टिकट अनिवार्य गरिएको छ ।
हाल केही सार्वजनिक यातायात कम्पनीले मात्र यात्रुलाई टिकट दिने गरेका छन् । काठमाडौं महानगरपालिकाले ऐनमा नै सार्वजनिक यातायात सञ्चालनमा कागजी वा विद्युतीय टिकट अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।
कागजी टिकट प्रयोग गरिरहेका सार्वजनिक यातायातका साधनले अब केही मयमा नै विद्युतीय टिकट प्रयोग गर्नु पर्ने हुन्छ । महानगरपालिकाले बनाएको ‘सवारी तथा यातायात व्यवस्थापन विधेयक, २०७५’ मा सेवा प्रदायकले गाडी चढ्नु अघि वा चढेलगत्तै यात्रुसँग तोकिएको भाडा लिइ अनिवार्य टिकट दिनुपर्ने प्रावधान छ ।
विद्युतीय टिकट रहेको खण्डमा ई–टिकेटिङ लगायतका प्रविधिबाट अग्रिम टिकट खरिद गर्न पाउने व्यवस्था सेवा प्रदायकले मिलाउनुपर्ने छ । काठमाडौंका हकमा हाल साझा र महानगर यातायातले मात्रै यात्रुले भाडा दिएपछि टिकट दिने गरेका छन् ।
सबै बस,माईक्रो, टेप्पो, ट्याक्सीले टिकटको प्रवन्ध गर्नुपर्नेछ । यात्रु टिकटको आकार प्रकार तथा टिकटमा उल्लेख गर्नुपर्ने जस्ता विषय महानगरपालिकाले तोक्नेछ । यात्रु टिकटमा धुम्रपान, मद्यपान, सूर्तिजन्य तथा सार्वजनिक हित बिपरितका वस्तुको विज्ञापन गर्न पाइने छैन ।
यात्रुले पनि अब काठमाडौं महानगरपालिकाभित्र गाडीमा यात्रा गर्न आफूले चढ्ने स्टपमा वा सवारी साधन चढेलगत्तै तोकिएको भाडा तिरेर टिकट लिनुपर्नेछ । सेवा प्रदायकले बालबालकिा, ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति, अशक्त, जनआन्दोलनका घाइते, शहिद परिवारका सदस्य, विद्यार्थी तथा अन्य निधारित व्यक्तिलाई तोकिएबमोजिम भाडामा छुट दिएर टिकट उपलब्ध गराउनुपर्नेछ ।सहुलियत पाउने यात्रुले पनि सम्बन्धित निकायले जारी गरेको परिचय पत्र देखाउनुपर्ने व्यवस्था बिधेयकमा छ ।
Related News
सम्बन्धित समाचार
स्याङ्जा जिल्लावासी पत्रकारहरु काठमाडौमा भेला हुने
बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
hero news full width
मुख्य समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७