आर्थिक सहयोग प्रदान

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७५

पोखरा, २५ चैत । अपाङ्ग दुई छोराको लालनपालन गर्दै आएकी पोखरा–१३ िवजयपुर डिहीगाउँकी देवुकुमारी नेपालीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

तनहुँ शुक्लागण्डकी नगरपालिका– ५ बेलचौतारा निवासी समाजसेवी चन्द्रा मगरको पहलमा संकलित ७७ हजार ५ सय ४० रुपैयाँ नेपालीलाई प्रदान गरिएको हो । उनले अपाङ्गता भएका छोराहरु ३४ बर्षीय शिव र ३२ बर्षीय चेतबहादुरको लालनपालनका लागि छिमेकीको बाख्रा चराउँदै आएकी छन् ।

समाजसेवी चन्द्रा मगरले टेलिभिजन र युट्युबमार्फत् देवु आमाका बारेमा जानकारी पाएपछि आफूले सहयोगी हातहरूको फिजाएको र तत्कालै उक्त रकम संकलन भएको मगरले बताएकी छन् ।

सहयोग रकममध्ये बेलायतनिवासी दीपिन राईबाट २५ हजार, तुल थापामगरबाट १० हजार, रेखा थापामगरबाट १० हजार र नारायण आलेमगरबाट १५ हजार, हङकङनिवासी बिपिन थापामगरबाट ५ हजार ५ सय, ब्रुनाइनिवासी भक्त मगरबाट ५ हजार, दक्षिण कोरियानिवासी चन्द्र दर्लामीमगरबाट ५ हजार, तनहुँ, बेलचौतारानिवासी खिमाया थापामगरबाट १ हजार २० र रञ्जु रानामगरबाट १ हजार २० रुपैयाँ रहेको समाजसेवी मगरले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width