कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रासस
चैत्र २५, २०७५
mercedes-benz-marsa-blurred-e1552987998547

भक्तपुर, २५ चैत । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बा४९प ५४२७ नंको मोटरसाइकललाई बा१९प ५०८९ नंको कारले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय दीपेन्द्र लामाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

घाइते लामाको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको र मोटरसाइकलमा पछाडि सवार काठमाडाँै महानगरपालिका–३० बस्ने ३९ वर्षीय पञ्च खड्गीको मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । दुवै सवारीसाधन र कार चालक भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३४ वर्षीय राजकुमार गौतमलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width