पर्वत, २५ चैत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा बजेट अभाव हुन नदिन र समयमै काम सम्पन्न पहल गर्न जनप्रतिनिधिसँग स्थानीयवासीले माग गरेका छन् ।
पर्वतको बिहादी गाउँपालिकाले प्रतिनिधिसभा सदस्य पदम गिरीसँंग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विनियोजन भएको बजेट समयमा नै खर्च गर्ने वातावरण बनाउन र थप निर्माणकार्यका लागि बजेट अभाव हुन नदिन स्थानीयवासीले आग्रह गरेका हुन् । पर्वतको सेतीवेणीदेखि कुश्मासम्मको सडक पहिलो चरणमा कालोपत्र गर्न सके दक्षिणका बासिन्दाका लागि मात्रै नभई समग्र जिल्लाकै आर्थिक र भौतिक विकासमा ठूलो परिर्वतन आउन सक्ने भएकाले करिडोरको कामलाई प्राथमिकता दिन उनीहरुको माग थियो ।
कुश्मादेखि स्याङ्जाको मिर्मीसम्मको भागमा नियमित यातायात सञ्चालन हुन सके पोखरा हँुदै धवलागिरि पुग्ने सवारीसाधन छोटो बाटोबाटै हिँड्न सक्ने र भारत र चीन जोड्न सबैभन्दा छिटो र छरितो मार्ग बन्ने भनाइ उनीहरुको छ । करिडोरको पर्वतखण्ड कालोपत्र गर्न ठूलो प्रयास सफल भएको उल्लेख गर्दै विहादी गाउँपालिका–२ का वडाध्यक्ष ओम कुँवरले भने “लोकमार्गको बीच भागबाट कालोपत्र शुरु भएको छ, यसमा पर्वतका जनप्रतिनिधिले गरेको भूमिका सबैले सम्मान गर्न लायक छ, यो सडक कालोपत्र भएपछि दक्षिण पर्वतको मात्रै होइन, पर्वतकै भाग्य र भविष्य बदलिन्छ ।”
कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी खण्ड पर्छ । यसले पर्वतको उत्तरदेखि दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको ‘लाइफलाइन’को रूपमा हेरिँदै आइएको छ । लामो समयसम्म पर्वत खण्डलाई ओझेलमा पार्ने काम भएको थियो । करिडोर भनेर बागलुङतर्फ मात्रै बजेट विनियोजन भइरहेको अवस्थामा विगत चार÷पाँच वर्षदेखि यो सडकको पर्वत खण्डले निर्माणको काममा फेरि गति लिन थालेपछि स्थानीयवासी उत्साहित छन् ।
पछिल्लो समय सेतीवेणीदेखि रानीपानीसम्म कालोपत्र गर्न अर्थ मन्त्रालयले बजेट सहमति दिएको छ भने रानीपानीदेखि फलेबाससम्म स्तरोन्नतिको काम ७० प्रतिशत पूरा भएको छ । फलेबासदेखि अर्मादीसम्मको खण्डमा ट्र्याक खोल्ने काम पनि भइरहेको छ । करिडोरको पर्वत खण्डमा पर्ने मोदीखोला, लमायखोला, सेतीखोला र आँधीखोलामा पुल निर्माणको काम पनि भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
वडामार्फत् भूमि सेवा दिने तयारी
hero news full width
मुख्य समाचार
रेशम चौधरीसहित ५०१ लाई आम माफी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०