परिवारबाटै ज्येष्ठ नागरिक अपहेलित

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७५
old_Fotor

पोखरा, २३ चैत। अधिकांश ज्येष्ठ नागरिक परिवारकै सदस्यबाट अपहेलित हुनुपरेको शुक्रवार पोखरामा आयोजित एक कार्यक्रममा सहभागी वक्ताले बताएका छन्।

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराद्वारा यस प्रदेशको रहेका ज्येष्ठ नागरिकको अवस्था, विभिन्न संघसंस्थाले उनीहरुप्रति गर्दै आएको सेवा तथा हेरचाहबारे आयोजित छलफल तथा अन्तक्र्रियामा सहभागीले सो कुरा बताएका हुन्।

सामाजिक विकास मन्त्री नरदेवी पुनले ज्येष्ठ नागरिकलाई परिवारका सदस्यले उचित व्यवस्थापन, मायाममता अभावमा उनीहरु वृद्वाश्रमसम्म पुग्नुपरेको बताइन्।

युवा पुस्ताले ज्येष्ठ नागरिकवाट ज्ञान, सीप, अनुभव लिन जरुरी छ। ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने धारण मन्त्री पुनले छ।

म्याग्दीस्थित गलेश्वर वृद्वाश्रमका प्रतिनिधि अमरनाथ शर्माले वृद्ववृद्वाको स्याहार गर्ने कानून नै निर्माण गर्नुपर्ने जोड दिए।

उक्त अन्तक्र्रिया कार्यक्रममा गण्डकी प्रदेशका १० जिल्लाका विभिन्न वृद्वाश्रम तथा संघसंस्थाका ६१ जनाको सहभागिता रहेको थियो।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads