पोखरा, २३ चैत। पोखरा महानगरपालिका वडा १३ स्थित डिज्नी मन्टेश्वरी तथा प्रिस्कूलमा शनिवार दीक्षान्त समारोह भएको छ।
कार्यक्रममा पूर्व विद्यालय तह युकेजी पार गरेका १९ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो।
विद्यालय सञ्चालक श्यामबहादुर गुरुङ र प्रिन्सिपल कञ्चन गुरुङले विद्यार्थीलाई दीक्षित गरेका हुन्।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलले अभिभावकको व्यस्त दैनिकी व्यवस्थापन गर्न मन्टेश्वरी सहयोगी बनेको उल्लेख गरे।
डा कृष्णगोपाल श्रेष्ठले मन्टेश्वरीले बालबालिकाको आवश्यकतालाई ध्यान दिने भन्दै विद्यालयसँग तुलना गर्न नहुने बताए। मन्टेश्वरी सल्लाहकार ओम गुरुङले भोलिको मुलुक कस्तो बन्ने विषयमा अहिलेका बालबालिकामा निर्भर रहेको बताए। मन्टेश्वरी प्रिन्सिपल कञ्चन गुरुङले विद्यार्थीको सुनौलो भविष्यको कामना गरिन्।
डिज्नी मन्टेश्वरी तथा प्रिस्कूलका सञ्चालक श्यामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका सुष्मा थापाले स्वागत र शिक्षिका यामकला गुरुङले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
खुडेपोखरी क्षेत्रको डुवान नियन्त्रण गरिने
एसओएस स्कुलमा वृक्षरोपण
तीज गीत र महिला खेलकुद प्रतियोगिता हुने
कृष्ण प्रणामी मन्दिरमा कथावाचन
सामुदायिकको स्वास्थ्य शिविर
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९