पोखरा, २३ चैत। पोखरा रामबजार घर भइ हाल बेलायत निवासी सनमन गुरुङले ‘मेरो मन’ पुस्तक लेखेका छन्।
सो पुस्तकको बेलायतमा आयोजित एक समारोहमा रामबजार सोसाइटी युकेका प्रमुख सल्लाहकार क्याप्टेन चन्द्रबहादुर पुन, अध्यक्ष जुमकाजी गुरुङ, पोखरेली मञ्च युकेका अध्यक्ष मानबहादुर गुरुङले संयुक्त विमोचन गरे।
विगत २३ वर्षदेखि बेलायतमा कार्यरत रहेका सनमन गुरुङको यो पहिलो पुस्तक हो।
पुस्तकमा विशेषगरी सकारात्मक सोचसँगै आत्मबल कसरी विकास गर्न सकिन्छ भन्नेबारे विभिन्न शीर्षकमा मिहिन ढंगले उल्लेख गरिएको छ।
करिब सय पृष्ठ लामो सो पुस्तकमा ब्रह्माण्ड र सोच, पृथ्वीको उत्पत्तिको कथा, मानवजातिको उत्पन्न र मनका कुराहरु, धार्मिक युग, भगवान् बुद्धका कथाहरु, ईच्छा शक्ति, मानव सभ्यता, संस्कार, ल्होसार पर्व, राष्ट्रवाद लगायत शीर्षक रहेका छन्।
सन् २००९ मा स्थापित रामबजार सोसाइटी युकेका संस्थापक सचिव गुरुङ संस्थाका निवर्तमान अध्यक्ष हुन्। संस्थाकै पहलमा रामबजार लगायत विभिन्न क्षेत्रमा सामाजिक काममा आर्थिक सहयोग उपलब्ध हुँदै आएको छ।
लेखक गुरुङ भन्छन्, ‘समसामयिक घटनालाई सँगालेर पुस्तक लेख्ने जमर्को गरेको हुँ, पुस्तकमा मानवजीवनमा समय अनुसार परिवर्तन अपरिहार्य रहेको विषय औल्याउने कोशिस गरेको हुँ।’
हालैमात्र जन्मभूमि पोखरा आएका उनले पुस्तक बिक्रीबाट हुने मुनाफा पर्यावरण संरक्षणमा खर्चिने बताए। विगतमा फुटबल खेलाडी छँदा उनी दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए। भुटानको थिम्पु–११ र गण्डकीको मैत्रीपूर्ण फुटबलमा उनले ह्याट्रिक समेत गरेका थिए। बेलायतमा उनी १९ वर्षदेखि बसचालक छन्।
Related News
सम्बन्धित समाचार
लोककवि अलि मियाँको स्मरण
सुरेश बडालको ‘रहर’ लोकार्पण
रवीन्द्र मिश्रको नयाँ पुस्तक फागुन अन्तिम सातादेखि बजारमा आउने
कृष्णदीपको उपन्यास ‘सेकुवा’ माथि चर्चा
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
hero news full width
मुख्य समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७