बुटवल, २४ चैत । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ्ठूला भ्रष्टाचारको छानविनमा वेवास्ता गरिएको बताएका छन् ।
मगर राष्ट्रिय परिषदको संघीय भेलाको शनिबार बुटवलमा उद्घाटन गर्दै भट्टराइले नेकपा र कांग्रेसका नेताहरुको नाम मुछिएपछि वाइडबडी प्रकरण सामसुम पारिएको बताए ।
पहिचान, अधिकार र भ्रष्टाचारको मद्दालाई गम्भीर रुपमा लिएका छौं’ भट्टराईले भने, ‘वाइडबडी भ्रष्टाचार, बुढीगण्डकी भ्रष्टाचार, अन्य मन्त्रालयका अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रीत गर्ने, सेना परिचालन सुरक्षा परिषदको वैठक विनै गर्ने, ठूला परियोजना सिधै प्रधानमन्त्री कार्यालयमार्फत गर्ने जस्ता कुराहरुले हामीलाई गम्भीर बनाएको छ ।’
उनले भर्न प्रधानमन्त्री ओलीसंगै कांग्रेसका केही नेताहरुले आफूसँग भएको भेटमा संघीयता नमानेको बताए । ‘प्रधानमन्त्री ओली र कांग्रेसका केही नेताहरुले हामीले त संघीयता मानेकै थिएनौं, तपाईले के भिराइदिनु भो भन्ने गरेको भट्टराईले सुनाए । प्रधानमन्त्री केपी ओलीले संघीयताको हितमा नरहेको बताएका छन् ।
पहिलो संविधानसभामा कांग्रेस र एमाले पहिचानका आधारमा १० प्रदेश बनाउने सहमतिबाट पछि हटेको स्मरण गर्दै उनले पहिचानका आधारमा प्रदेशको सिमांकनका लागि सशक्त आन्दोलन गर्नुपर्ने बताए । तत्कालीन कांग्रेस र एमालेसँगै माओवादीले पनि मगर, थारु र गुरुङहरुको पहिचान मेटाउने गरी प्रदेशहरुको सिमांकनमा सहमति जनाएपनि आफूलाई माओवादीप्रति वितृष्णा जागेको उनले बताए ।
Related News
सम्बन्धित समाचार
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
hero news full width
मुख्य समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७