पोखरा, २४ चैत ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा ।’ शुक्रबार पोखरा सभागृहको स्टेजमा पछिल्लो पुस्ताका लोकप्रिय गायक प्रमोद खरेल उत्रिए । सङ्गीत पारखीहरुको बेजोड ताली र ‘हुटिङ’बाट उनको स्वागत भयो । गायक खरेलले गीतका सर्जक शीतल गिरीलाई पनि स्टेजमा बोलाए ‘शीतल पनि चिनिनु पर्छ’ भनेर चिनाए दर्शकलाई । गीतसङ्गीतमा जति धेरै आवाज र ताली सुनिन्छ, गायकलाई उतिनै ऊर्जा मिल्छ । आयोजकलाई पनि उत्साहित बनाउँछ । वातावरण त्यस्तै थियो ।
एकाएक प्रमोद खरेल केही भावुक भए । सबै आश्चर्यमा परे । उनले निकै भावपूर्ण तरिकाबाट दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नाम उच्चारण गरे । पोखरा उनको गृहनगर । अधिकारीको लोकप्रियताले उचाइ लिएको ठाउँ । गायक खरेलले उनै दिवङ्गत मन्त्रीमा समर्पित गर्दै एउटा गीत गाए ।
“याद गर्न पनि त कोही न कोही त चाहिँदोरहेछ”, दर्शकदीर्घामा रहेकाहरु झनै भावुक बने जब पछाडिको इलेक्ट्रोनिक पर्दामा रवीन्द्रका मुस्कानसहितका तस्वीरहरु देखिए । गीतसँगै टोलाइरहेका थिए उनका समकालीन राजनीतिज्ञ नेकपा स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई । जो त्यही कार्यक्रमका लागि पोखरा आइपुगेका थिए । “यो गीतले राजनीतिको धेरै मोडहरुमा सँगसँगै हिँडेको, एकापसमा दुःख–सुख बाँडेका धेरै पलहरुलाई मानसपटलमा ल्याइदियो”, भट्टराईले सम्झिए “सम्झना–सम्झना नै हो ।”
सँगै थिए अधिकारीका सहपाठी दिलीप श्रेष्ठ । “आँखा ओभाउँदै थियो, यो गीत र स्क्रिनमा देखिएको उनको तस्वीरले अनायासै आँखा रसायो फेरि” श्रेष्ठले भन्नुभयो “धेरै चोटि उनलाई सम्झेर रोएको छु, उनलाई गुमाएको डेढ महीना हुनलाग्यो । प्रमोदको गीतले फेरि रुवायो उनको यादले ।” अन्य दर्शक पनि त्यसरी नै भावुक बनेका थिए ।
बार्दली मिडिया प्रालिले आयोजना गरेको ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रममा खरेलले आफ्ना लोकप्रिय गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । उनलाई गायिका मीना निरौलाले साथ दिएकी थिइन् । चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको प्रस्तुतिबाट पनि दर्शकले साङ्गीतिक कार्यक्रममा फरक स्वाद लिन पाए ।
Related News
सम्बन्धित समाचार
एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
बेंसीसहरमा एमाले निर्विरोध
सुरजले ल्याए ‘साइकल’
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९