पोखरा, २३ चैत । पोखरा–११ काहूँमा रहेको काहूँ आधारभूत विद्यालयले शनिबार स्वर्ण महोत्सव सम्पन्न भएको छ ।
काहूँ भाषा पाठशालाको नामबाट वि.स.२०२५ सालमा स्थापना भएको सो विद्यालयले गत फागुन ७ गते ५० औं वार्षिकोत्सव मनाएको थियो ।
समापन कार्यक्रममा वोल्दै गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सके मर्ज गर्नुपर्ने अवस्था नहुने बताए ।
वडा नं ११ का वडा अध्यक्ष मोहन प्रसाद बास्तोलाले नयाँ भर्ना हुने विद्यार्थीका लागि आवश्यक खर्च वडाले नै व्यहोर्ने जानकारी दिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा छात्रा खुशी सुनार, स्वर्ण जयन्ती मूल समारोह समितिका संयोजक तीर्थबहादुर बस्नेत, सह संयोजक चित्रप्रसाद लामिछाने, पूर्व जिल्ला शिक्षा अधिकारी शंकर गौतम, कोन सामुदायिक सहकारी संस्थाका अध्यक्ष शरदकान्त सिग्देल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा विद्यालयद्वारा प्रकाशित स्वर्ण जयन्ती स्मारिकाको लोकार्पण साथै विद्यालय परिसरमा निर्मित सरस्वतीको मूर्ति सहितको स्मारक स्तम्भ प्रमुख अतिथि थापाले अनावरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक मनहरि आचार्यले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका लागि सहयोगी भूमिका प्रदान गर्नुहुने अभिभावक, व्यवस्थापन समिति, पूर्व प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी, चन्दादाता एवम् संघ सस्थाहरुलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९