‘पब्जी शैलीमा मर्कुसको डेब्यू गीतको भिडियो (भिडियो सहित)

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७५
pubg song

पोखरा, २३ चैत । ‘पब्जी’ युवापुस्तामा चर्चित गेम हो । अहिले अत्याधिक युवापुस्ताहरुले यो गेम खेल्ने गर्छन् । र, यही गेमका कारण केही घटनाहरु पनि नघटेका होईनन् ।

विश्वचर्चित यो गेमलाई थिम बनाएर एउटा गीतको म्यूजिक भिडियो बनेको छ । गीत हो , ‘भेटियो, भेटियो’ । मर्कुस दास र मेलिना राईले गाएको यो गीतको भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । गीतको भिडियोलाई रोहन नेपालीले निर्देशन गरेका हुन् ।

यो भिडियोमा रोहन आफै फिचर भएका छन् । भिडियोमा उनको अपोजिटमा मोडल नबिना देखिएकी छन् । क्रेजी सर्कल (सूर्योदय कला केन्द्र) टिमसँगको सहकार्यमा यो भिडियो निर्माण भएको हो ।

केडी एण्ड सन्सको प्रस्तुतीमा बनेको गीतको भिडियो पोखरामा खिचिएको हो । ‘अहिलेको युवापुस्तालाई लक्षित गरेरै हामीले पब्जी थिममा यो भिडियो तयार पारेका हौँ । भिडियो सार्वजनिक भएको दोस्रो दिनसम्म आईपुग्दा हामीले निकै राम्रो प्रतिक्रियाहरु पाईरहेका छौँ ।’ भिडियोका निर्देशक रोहन नेपालीले भने ।

मर्कुस दासको यो पहिलो रेकर्डेड गीत हो । उनी चर्चित गायक कर्ण दासका छोरा हुन् । यद्यपी उनी आफूलाई बुवाको नामबाट भन्दा पनि आफ्नै कामबाट चिनाउन चाहन्छन् । ‘यो गीतबाट नेपाली साँगीतिक क्षेत्रमा मैले डेब्यू गरेको छु । र, मेरो कामलाई इनिसियल्ली धेरैले रुचाईदिनुभएको छ । प्रतिक्रियाहरुबाट म निकै खुशी पनि छु ।’ मर्कुसले भने ।

भिडियोलाई जेम्स बहादुरले खिचेका हुन् । संगीतकार बसन्त सापकोटाले संगीत भरेको गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width