पोखरा,२३ चैत । कास्की अन्नपूर्ण गाउँपालिका–८ दाङसिङ स्थित बाहाकोट मेश्रमबराह मन्दिर पुनःनिर्माण गरिएको छ ।
सो गाउँको उच्चस्थानमा रहेको उक्त मन्दिर जीर्ण भई पूजाआरधना गर्न आउने भक्तजनलाई समेत अप्ठेरो परेपछि दाङसिङ पोखरा गुरुङ सम्पर्क समाजको सक्रियतामा रु आठ लाखको लागतमा पुनःनिर्माण गरिएको हो ।
सो गाउँमा जन्मेर विभिन्न पेशा, व्यवसाय एवं रोजगारको सिलसिलामा स्वदेश तथा विदेशमा रहेका व्यक्तिको सक्रियतामा उक्त रकम सङ्कलन गरिएको बाहाकोट मेश्रम बराह मन्दिर निर्माण समितिका सदस्य राजुकुमार गुरुङले जानकारी दिए ।
प्रत्येक वर्ष वैशाख महीनामा सो मन्दिरमा सामूहिक पूजा गर्ने प्रचलन रहेको बताउँदै उनले भने –“मन्दिरमा भेडा र बोकाको बलि दिने चलन छ ।”
भक्तजनलाई आवतजावतमा सुविधा प¥याउने उद्देश्यले बाटोमा ढुङ्गा छापेर पैदलमार्गसँगै रेलिङबार निर्माण एवं मन्दिर परिसरमा ट्रष्ट भवन निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । दुई महीनाअधि स्थानीय बासिन्दाको भेलाले चिज गुरुङको अध्यक्षतामा पाँच सदस्यीय मन्दिर पुनःनिर्माण समिति गठन गरेको थियो । पुनःनिर्मित सो मन्दिरको आगामी वैशाख ३ गते पूजासहित उद्घाटन गर्ने कार्यक्रम छ ।
कास्कीको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा परिचित नयाँ पुल, वीरेठाँटी हुँदै दाङसिङ गाउँसम्म मोटर बाटोको सुविधा पुगेको छ भने उक्त गाउँबाट लगभग एक घण्टाको पैदलयात्रा पश्चात मन्दिर पुग्न सकिन्छ ।
Related News
सम्बन्धित समाचार
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
अख्तियार पोखराबाट ९१ प्रतिशत उजुरी फछ्र्यौट
hero news full width
मुख्य समाचार
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१ज्येष्ठ नागरिकलाई महानगरको सम्मान
असाेज १५, २०८१