गाउँपालिकाद्वारा ८८ लाख बराबरका गाडी खरिद

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७५
cc_2018jes160001_02_640_pw7

धनगढी, २३ चैत । कैलाली जिल्लाको जानकी गाउँपालिकाले आर्थिक वर्ष सकिन तीन महीना मात्र बांँकी रहेका बेला विकास निर्माण र जनताका सेवालाई प्राथमिकता दिनुको सट्टा ८८ लाख ७८ हजार रूपैयाँ बराबरका गाडी खरीद गरेको छ ।

गाउँपालिकाले यसरी गाडी खरीद गरेपछि स्थानीयवासीले जनप्रतिनिधि विकास निर्माणमा अग्रसरभन्दा पनि सुविधाभोगी भएको आरोप लगाएका छन् । गाउँपालिकामा हाल एक थान गाडी हुँदाहुँदै नयाँ गाडी खरीद गरेपछि स्थानीयवासीले त्यसको आलोचना गरेका हुन् ।

गाडी खरीद गर्नुभन्दा सामाजिक कार्यमा प्रयोग हुने एम्बुलेन्स, दमकलजस्ता उपकरण खरीद गर्दा सम्पूर्ण गाउँपालिकावासी नै लाभान्वित हुने सरोकारवालाको भनाइ छ ।

गाउँपालिका प्रमुख प्रदीपकुमार चौधरीले तेस्रो गाउँसभाबाट बजेट विनियोजन गरी गाडी खरीद गरिएको र हाल सञ्चालनमा रहेको पुरानो गाडी धेरै बिग्रिरहने र अनुगमनलगायतका समस्या भएकाले नयाँ गाडी खरीद गर्नुपरेको बताएका छन् । उनले यसभन्दा पहिला वडाध्यक्षलाई मोटरसाइकल खरीद गरिएको र हाल खरीद गरेका मोटरसाइकल वडासचिवलाई वितरण गरिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width