पोखरा, २३ चैत। फेवातालको पानीमा पूर्ण कोलिफर्म भेटिएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना पोखराले गरेको ल्याव परीक्षणवाट फेवातालको पानीमा दिशाको मात्रा पाइएको छ ।
पूर्ण कोलिफर्म र इकोलीको मात्रा देखिएकोले मानिस र गाइवस्तुले तालको पानी पिउन नमिल्ने पानी परीक्षणवाट खुलेको हो । ‘फिजिकल, केमिकल र माईक्रो बायोलोजिकल प्यारामिटर हामीले अध्ययन गर्छौं । केमिकल र फिजिकल रुपमा ठीकै छ तर बायोलोजिकल हिसावले तालको पानी दुषित देखियो, आयोजनाका एसिस्टेन्स केमिष्ट सुनिल चौधरीले भने–बुझ्ने भाषामा भन्दा यो पानी पिउन मिल्दैन ।माछाका लागि समेत यो पानी हानीकारक छ । पौडिनको लागि भने खासै समस्या छैन ।’
अप्रिल २७ तारिखमा हुने एशियन कप ट्रायथोलन र साउथ एशिएन च्याम्पियनसीप ट्रायथोलनलाई मध्येनजर गरेर फेवातालको पानीको ल्याव टेष्ट गरिएको हो । १० दिनअघि फेवातालको बीचबाट पानी निकालेर ल्यावमा टेष्ट गरिएको चौधरीले जानकारी दिए ।
‘पानीको कडापन र अरु कुरामा समस्या छैन । स्विमिङका लागि उपयुक्त नै छ, उनले भने–तर पानी निल्नु हुँदैन । पानीमा दिशाका कणहरु भरिएको छ ।’ अघिल्लो बर्षभन्दा केही शुद्ध पानी भएकोले प्रतियोगितामा असर नगर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल बताउँछन् । ‘रिपोर्ट पोजिटिभ नै छ । यसले हामी उत्साही छौं, उनले भने–तर शुद्धिकरण भने पुगेको छैन । सरोकारवालाले सोच्ने बेला आएको छ ।’
अघिल्लो बर्षदेखि फेवातालको पानी टेष्ट गर्न थालिएको हो । जापानीज सहयोग नियोग जाईकाले तालको पानी पिउन अयोग्य रहेको रिपोर्ट धेरै बर्षअघि नै निकालेको हो । तर यसको शुद्धीकरणमा कुनै निकायको चासो पुगेको छैन । तर अघिल्लो बर्षभन्दा अहिलेको रिपोर्टले पानी केही शुद्ध देखाएको छ । सामान्यतः पानीमा ६.५ देखि ८.५ सम्मको क्षार हुनुपर्ने प्राविधिकहरु बताउँछन् । अघिल्लो बर्ष ८.७ रहेकोमा यो बर्ष ८.१ पिएच क्षार देखिएको छ ।
पानीमा धमिलोको मात्रा पनि सामान्य भन्दा निकै धेरै रहेको प्राविधिक चौधरीले जानकारी दिए । सही ब्यवस्थापन र निरीक्षण नभएका कारण लामो समयदेखि सर्वसाधारणको घरबाट निस्किने ढल सीधै फेवातालमा मिसिँदै आएको छ । पोखरा महानगरपालिकाले बर्षेनी ढल निकासको अनुगमन गरेपनि त्यसको सही निकास निकाल्न भने सकेको छैन ।
सेती नहरको पानी समेत सोझै फेवातालमा मिसिन्छ । पोखरा महानगरका मेयर मानबहादुर जिसी अर्को बर्षदेखि यो समस्या नआउने बताउँछन् ।‘फेवातालमा मिसिने सबै ढल डाइभर्सन गर्ने जिम्मा हाम्रो छ । यसका लागि मास्टर प्लान बनाईरहेका छौं, उनले भने–जेठभित्र डिपिआर गर्न सके आउँदो आर्थिक बर्षदेखि धमाधम काम थाल्छौं ।’ ढल डाइभर्सन र सिल्ट्रेसनको काम सँगसँगै गर्ने तयारीमा रहेको उनले सुनाए । ढल ब्यवस्थापन गर्न ६ अर्व लागत लाग्ने प्रारम्भिक अनुमान छ । त्यसमध्ये १५ प्रतिशत महानगरले ब्यहोर्ने छ भने बाँकी रकम ढल विभागले लगानी गर्नेछ ।
पोखराको बीचबाट बग्ने फिर्केखोला र बुलौंदी खोला फेवाताल प्रदुषणको मुख्य कारक हो । फेवाताल शुिद्धकरणका लागि यी दुवै खोला किनारबाट अबैध बस्ती हटाउनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।
Related News
सम्बन्धित समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
hero news full width
मुख्य समाचार
रोजगार खोज्दै मेलामा
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१