हावाहुरी पीडितलाई चेम्बर्स अफ कमर्शको सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७५
Flooding_2

पोखरा, २२चैत । पोखरा चेम्बर्स अफ कमर्श कास्कीले हावाहुरी पीडितहरुको लागि प्रधानमन्त्री राहात कोषमा ८२ हजार रुपैयाँ सहयोग गरेको छ ।

बारा र पर्सा जिल्लाका हावाहुरीबाट प्रभावितहरुलाई चेम्बर्स अफ कमर्शको केन्द्रीय कार्यलय मार्फत उक्त रकम राहत कोषमा पठाएको हो ।

चेम्बर्स अफ कमर्श कास्कीका अध्यक्ष किशान सुनारले चेम्बरका पदाधिकारी तथा कार्य समितिका सदस्य र अन्य सहयोगी महानुभावबाट संकलित रकम कोषमा पठाएको बताए ।

हावा हुरीबाट प्रभावितहरुलाई राहात स्वरुप हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले १० हजार १ सय, गण्डकी जग्गा तथा आवास विकास संघले १० हजार र रानीवन बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट ४ हजार समेत प्रधानमन्त्री राहातकोषमा पठाएको महासचिव उमराज बाँस्तोलले जनाए ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width