पोखरा, २१ चैत। पोखरा महानगरपालिका वडा ८ स्थित रत्नज्योति माविको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ।
कार्यक्रम उद्घाटन गर्दै शिक्षाविद् प्राध्यापक जर्ज जोनले विद्यालयले शैक्षिक वातावरणसँगै बालबालिका र विद्यार्थीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
नेशनल प्याव्सन नेपालका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयले गरेका पृथक खालको रचनात्मक शैक्षिक गतिविधि संचालन गरेको भन्दै प्रशंसा गरे।
विद्यालय संस्थापक निदेर्शक हेमन्त अधिकारीले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटनको लागि प्रत्येक वर्ष अभिभावक दिवसमा एसआरजे एक्सीलेन्स अवार्ड वितरण गरिएको उल्लेख गरे।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताए।
कार्यक्रममा प्राध्यापक डा. एलियाम्मा जोन, नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष यामबहादुर खड्का, केन्द्रीय सदस्य रामबहादुर थापा, अविभावकतर्फवाट पंकज पौडेल लगायतले बोलेका थिए।
त्यस अवसरमा शिक्षाविद् प्राध्यापक डा. एलियाम्मा जोन, एन प्याव्सन कास्कीका पूर्व अध्यक्ष रामप्रसाद शर्मा, शिक्षाप्रेमी अनिता दर्लामी र कमला गुरुङ, भूपू शिक्षक दुर्गा सिग्देललाई सम्मान गरिएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष टुवराज वास्तोला ‘विशाल’, प्रमुख अतिथि शिक्षाविद् जर्ज जोन, एन प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा र विद्यालयका संस्थापक निदेर्शक हेमन्त अधिकारीले उनीहरुलाई सम्मान गरेका थिए।
रत्नज्योति मावि व्यवस्थापन समिति अध्यक्ष टुवराज बास्तोला विशालको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य तोयानाथ भट्टराईले स्वागत र शैक्षिक डीन जमुना तिमिल्सिनाले संचालन गरेकी थिइन्।
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका छात्रछात्राहरुले विविध तथा रोचक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
त्यस्तै, अंग्रेजी तथा नेपाली वक्तृत्वकला, विभिन्न प्रदर्शनीहरु गर्नुको साथै विभिन्न शैक्षिक तथा विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय, तृतीय, सान्त्वना हुने विद्यार्थीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।
Related News
सम्बन्धित समाचार
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन
छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१