तीनखोले सहकारीको सरसफाइ

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७५
tinkhole safai20751220_Fotor

खैरेनीटार, २१ चैत। तीनखोले बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी दिवसको अवसरमा खैरेनीटार बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको छ। सहकारीका अध्यक्ष शेरबहादुर श्रेष्ठको नेतृत्वमा खैरेनीटार बजारदेखि मिलडाँडासम्म पृथ्वीराजमार्गको दायाँ बायाँका फोहोर व्यवस्थापन गर्ने कार्य गरेको थियो। सो कार्यमा सहकारीका सञ्चालक समितिका सदस्य, सेयर सदस्य, कर्मचारीहरु, स्थानीय सरोकारवालाहरुको सहभागिता थियो।

सहकारको सो कार्यलाई स्थानीय व्यक्तिहरुले प्रशंसा गरेका थिए। सहकारी उपाध्यक्ष उपेन्द्र तिम्सिनाले आगामी दिनहरुमा पनि यस्तै खालका सामाजिक सेवाका कार्य गर्ने जानकारी समेत गराए।

Related News

सम्बन्धित समाचार

hero news full width