खैरेनीटारमा प्रतीक्षालय निर्माण

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७५
pratikshya_Fotor

खैरेनीटार, २१ चैत। प्रगतिटोल आमा समूह, मदन आश्रित मोटरमार्ग उपभोक्ता समिति र प्रगति सिर्जना टोल विकास संस्थाको संयुक्त प्रयासमा खैरेनीटारमा प्रतीक्षालय निर्माण गरिएको छ।

प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका वडा ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेलले प्रतीक्षालय निर्माण गरिनु पुण्य कार्य भएको बताए। उनले विकास निर्माण र बजार व्यवस्थापनमा स्थानीयको महत्वपूर्ण भूमिका रहने जनाए।

कार्यक्रममा शुक्लागण्डकी वडा ७ का वडा अध्यक्ष रामबहादुर क्षेत्री थापा, नगर प्रवक्ता खिमबहादुर कुमाल, भीमाद नगरपालिका वडा ८ का वडा अध्यक्ष बुद्धिमान श्रेष्ठ, मदन आश्रित मोटरमार्गका अध्यक्ष रेशमलाल पौडेल, प्रगति सिर्जना टोल विकास संस्थाका अध्यक्ष तीर्थलाल श्रेष्ठ, सोत्रबहादुर कुमाल लगायतले बोलेका थिए। प्रतीक्षालय ६५ हजार रुपैयाँ लगानीमा निर्माण गरिएको निर्माण समितिका सदस्य सोत्रबहादुर कुमालले जानकारी दिए।

प्रगतिटोल आमा समूह अध्यक्ष दानमाया रानाको अध्यक्षता रहेको कार्यक्रममा स्वागत बसन्ता थापा र सञ्चालन देवी थापाले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width