मनकामना मन्दिरलाई ओमको सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७५
om bank cash donation photo

पोखरा, २१ चैत । ओम डेभलपमेन्ट बैंकले गोरखाको मनकामना मन्दिरलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मन्दिर प्राङगणमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले उक्त रकम वरावरको चेक मन्दिर संरक्षण समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनकामना मन्दिरलाई यो आर्थिक सहयोग प्रदान गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए । बैकले यस अघि पनि बिभिन्न संघ संस्थाहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आईरहेको बताइएको छ ।

२०७२ सालको महाभुकम्पका कारणले क्षति पुगेको मन्दिरलाई पुनः निर्माण गर्न बैंकको यो आर्थिक सहयोगले योगदान पुग्ने र दर्शनार्थीहरुलाई समेत अझ बढी सुबिधा हुने बैंकले बिश्वास लिएको छ । यसअघि पनि बैंकले महेश आश्रम देवघाटलाई एक सेट सिसिटिभि प्रदान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width