मुक्तिनाथको शाखा बेनी र पर्वतमा

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७५
beni branch

पोखरा, २१ चैत । मुक्तिनाथ विकास बैंकले म्याग्दीको बेनी र पर्वतको कुश्मामा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ ।

बेनी शाखाको समुद्घाटन उक्त नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र पर्वतस्थित कुुश्मा शाखाको समुद्घाटन पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले गरेका हुन् ।कार्यक्रमका सभापति तथा बैंकका अध्यक्ष खिम प्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता उनले व्यक्त गरे । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्य चुडामणि कंडेल, क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकाल लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads