पोखरा, २१ चैत । नेपाली आधुनिक गायक तथा संगीतकार शिव परियारको स्वर रहेको गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ–२ (मेरो भागको खुशी तिमीलाई मिलोस) को भिडियो सार्वजनिक गरिएको छ ।
‘आँशुको अर्थ’गीतलाई दर्शक तथा स्रोता निकै मन पराए पछि शिव परियारको स्वर तथा संगीतमा आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको हो ।
यस गीतलाई सञ्चारकर्मी रबि अधिकारीले लेखेका हुन् । गीतमा संगीत संयोजन उदय राज पौडेलको रहेको छ ।गीतको भिडियोमा नायक तथा मोडल सन्नी सिंह र नायिका तथा मोडल ज्योत्सना योगीको अभिनय रहेको छ ।
म्युजिक निर्देशक निकेश खड्काको निर्देशनमा रहेको भिडियोको छायांकन बुद्ध थापा र धमला बिकाशले सम्पादन गरेका हुन् ।
गायक शिव परियारको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश गरेका छन ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
भरतपुर महानगरपालिकामा ५५ हजार बढी मतगणना
नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
गणतन्त्र दिवस ३ दिन मनाइने
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९