देउवा विरुद्व ५१ जिल्ला सभापति

एजेन्सी
चैत्र २१, २०७५
sher-bahadur-deuba

काठमाण्डौं, २१ चैत । महासमितिको निर्देशन विपरित बहुमतद्वारा केन्द्रीय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने भएका छन् ।

विधानमा मुख्य गरी समानुपातिक समावेशी कोटामा एक जनालाई एक पटकभन्दा बढी अवसर दिन नहुने र केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने भन्ने महासमिति बैठकको निर्णय कार्यान्वयन नभएपछि जिल्ला सभापतिहरु केन्द्रीय नेतृत्वसंग आक्रोशित भएका हुन् ।

राजधानीको ठमेलमा वुधवार भेला भएका ५१ जिल्लाका कांग्रेस जिल्ला सभापतिहरुको छलफल जारी छ । विहीवार सम्म छलफल गरी भाली शुक्रवार बस्ने केन्द्रीय समिति बैठकले यो निर्णय नसच्चाए विशेष महाधिवेशनकालागि हस्ताक्षर संकलन गर्ने बारेमा छलफल भैरहेको काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width