करेण्ट लागेर दुई घाइते

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७५
ENERGY-electricity-pool-on-paddock-2_LR

पोखरा, २१ चैत । माछापुच्छ्रे गाउँपालिका– ७ फेदीमा घाँस काट्न जाँदा करेन्ट लागेर २ जना घाइते भएका छन् ।

बिजुलीको हाइटेन्सन लाइन मुनिबाट घाँस काट्न जाँदा शान्तिटोलकी करिब ४५ वर्षीया कृष्णमाया भण्डारी र उनकी छोरी १३ वर्षीया एलिना भण्डारी करेन्ट लागेर घाइते भएका हुन् ।

घटनास्थलमा आमाछोरी अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पोखरास्थित फिस्टेल अस्पतालमा सामान्य उपचार पश्चात उनीहरुलाई काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width