पोखरा, २१ चैत । सरकारले आफ्नो योजनामा २५ बर्षे अवधिभित्र नेपालीको बार्षिक प्रतिव्यक्ति आय १२ हजार १ सय डलर पु¥याउने भएको छ, हाल प्रतिबर्ष १ हजार ४ डलर मात्र छ ।
पाँच बर्षपछि १ हजार ५ सय ८३ डलर हुँदै २५ बर्षभित्र १२ हजार डलर भन्दा बढी पु¥याउने योजना सरकारले अगाडि सारेको हो । राष्ट्रिय योजना आयोगले देशका सातवटै प्रदेश लिएको परामर्श वैठकमा नेपालीको प्रतिव्यक्ति आयलाई नै प्राथामिकतामा राखेको छ ।
राष्ट्रिय योजना आयोगले दीर्घकालिन सोचसहित तयार पारेको प्रतिव्यक्ति आय बृद्धिको योजनाले प्रतिव्यक्ति आय गुणात्मक रुपले बढ्ने देखाएको छ । आय वढ्नुमा नेपालको जलश्रोत, उद्योग, कृषि, पर्यटन, जडिवुटी क्षेत्रको विकासका आधारहरु वनाइएका छन् ।
काठमाण्डौमा बुधवारदेखि विकास परिषद्को दुई दिने बैठकमा आयोगले पेश गरेको १५ औँ पञ्चवर्षीय योजनाको आधार पत्रमा लगानी बढाएर प्रतिव्यक्ति आय बढाउने लक्ष्य राखिएको छ । २५ वर्षको अवधिमा नेपाललाई विश्वकै उच्च आर्थिक आय भएको मुलुक बनाउने उल्लेख त्यसमा गरिएको छ।
आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले पेश गरेको आधारपत्रमा ५ वर्ष अवधिमा ९ प्रतिशतको आर्थिक बृद्धिदर र २५ वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर हुने उल्लेख छ। आगामी ५ वर्षको अवधिमा विभिन्न आयोजनामा ९७ खर्ब ७७ अर्ब लगानी गर्ने र सो अनुरुप प्रतिव्यक्ति आय बृद्धि हुने उल्लेख छ ।
उक्त लगानीमध्ये ३६ खर्ब ७४ अर्ब ५६ करोड रुपैयाँ सरकारले आफै लगानी गर्नेछ। त्यो लगानी कूल लगानीकोे ३७.६ प्रतिशत हुन्छ। र, सो भन्दा बाहेक विदेशी र निजी क्षेत्र तथा सहकारीबाट आउने अनुमान गरिएको छ । निजी क्षेत्रले ५६ खर्ब ८३ अर्ब ८८ करोड लगानी गर्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ, जुन कूल लगानीको ५८.१ प्रतिशत हुनेछ। त्यस्तै, सहकारी क्षेत्रबाट ४ खर्ब १९ अर्ब ३१ करोड अर्थात् ४.३ प्रतिशत लगानी हुने आयोगले प्रक्षेपण गरेको छ।
२५ वर्ष अवधि नेपालको गरिवी सून्यमा झरिसक्ने आयोगको दावी छ। आयोगका अनुसार नेपालीको औषत आयु ७२ वाट वढेर ८० वर्ष नाघ्ने देखाइएको छ। २५ वर्ष सम्ममा ३३ हजार राष्ट्रिय तथा प्रादेशिक लोकमार्ग निर्माण गरिसक्ने छ। यसैगरी २५ बषभित्र फास्ट ट्रयाकमात्रै २ हजार निर्माण हुनेछन्। यसैगरी२ हजार २ सय किलोमिटर रेलमार्ग निर्माण, ४० हजार मेगावाट जलविद्युत उत्पादन गरिसक्ने सो आधारपत्रमा उल्लेख गरिएको छ।
Related News
सम्बन्धित समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
hero news full width
मुख्य समाचार
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१