विवाद मिलाउन मेलमिलाप प्रशिक्षण

एजेन्सी
चैत्र २१, २०७५
melmilap_Fotor

पोखरा, २० चैत। अन्नपूर्ण गाउँपालिकामा मेलमिलाप प्रशिक्षण कार्यक्रम शुरु भएको छ।

स्थानीयस्तरका विवाद स्थानीयस्तरमा नै समाधान गर्ने उद्देश्यका साथ आयोजित प्रशिक्षणमा वडा ४ देखि ११ सम्मका ३० जना प्रशिक्षार्थीले सहभागिता जनाएका छन्।

गाउँपालिकाका अध्यक्ष युवराज कँुवरले प्रशिक्षण उद्घाटन गर्दै स्थानीयस्तरका विवाद स्थानीयस्तरमै समाधान गराउने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए।

गाउँमा सर्वसुलभ र सबैको पहुँचको लागि मेलमिलाप केन्द्र स्थापना गरी न्यायपूर्ण र शान्तिपूर्ण समाज निर्माण गर्न यसप्रकारको तालिमको आयोजना गरिएको उनले बताए।

गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक सगुन गुरुङले गाउँमा स्थापना भएका मेलमिलाप केन्द्रहरुको महत्वपूर्ण भूमिका हुने भन्दै मेलमिलाप केन्द्रबाट निष्पक्ष रुपमा विवाद छिनोफानो हुने समेत अपेक्षा गरिन्। प्रमुख प्रशिक्षक अधिवक्ता हरिप्रसाद पण्डितले मेलमिलाप केन्द्रको महत्व र फाइदाबारे धाराण राख्दै तालिममा सिकेका ज्ञान व्यवहारमा उतार्न सुझाव दिए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले मेलमिलाप कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्ने र केन्द्रका गतिविधिलाई थप प्रभावकारी तथा व्यवस्थित रूपमा अगाडि बढाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

अन्नपुर्ण सेन्चुरी पर्यटन समितिले व्यवस्थापन गरेको सो तालिम ८ दिनसम्म सञ्चालन हुनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width