हरिप्रसाद आधारभूत विद्यालयमा भएको महोत्सवबाट संकलित रकमको चेक विद्यालयलाई हस्तान्तरण गर्दै महोत्सव मूल आयोजक समिति। तस्वीर : श्रीभद्र पौडेल/ आदर्श समाज
हेमजा, २० चैत। माछापुच्छे« गाउँपालिका–८, खोरामुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा भएको शैक्षिक एवं धार्मिक महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ।
महोत्सव मूल आयोजक समितिले बुधवार विद्यालयमा पत्रकार सम्मेलन गर्दै महोत्सवमा एक करोड १४ लाख २६ हजार ६ सय ७१ आम्दानी भएकोमा ५५ लाख ९४ हजार २ सय २७ खर्च भएको जनायो। यस्तै, १२ लाख ५३ हजार १ सय ६१ उठ्न बाँकी रहेको महोत्सव संयोजक ललितमान गुरुङले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य नवीन रानामगरले सबैको सद्भावबाट महोत्सव सफल भएको भन्दै महोत्सवको उद्देश्य परिपूर्ति गर्न सबै सरोकारवाला लाग्नुपर्नेमा जोड दिए।उनले विद्यालयको शैक्षिक भविष्यको कामना पनि गरे।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रसाद गुरुङले विद्यालयको सर्वाङ्गीण विकासमा लागि महोत्सव गरिएको जानकारी दिँदै शहीद परिवारका बालबच्चालाई पठनपाठनमा विशेष प्राथमिकता राखिने बताए। उनले विद्यालयले आर्थिक हिनाबिना नगर्ने स्पष्ट पार्दै अभिभावकलाई विद्यालयप्रति चासो राख्न आग्रह पनि गरेका थिए।प्रधानाध्यापक बलराम रानाभाटले महोत्सवमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद दिएका थिए।विद्यालयले ढिलै भए पनि महोत्सवको उद्देश्य पूरा गरेरै छाड्ने उनको दृढता थियो। उनले महङ्गो शिक्षाको अन्त्य गरी सर्वसुलभ शिक्षामा ध्यान दिन पनि गाउँलेलाई सुझाएका छन्।
त्यस अवसरमा महोत्सवका आर्थिक संयोजक बाबुराम पौडेल, नेपाली काँग्रेस वडा सभापति समबहादुर गुरुङ लगायतले धारणा राखेका थिए।
कार्यक्रमबीच महोत्सव मूल आयोजक समितिले विद्यालयलाई संकलित रकम हस्तान्तरण गरेको थियो भने सम्मान गर्न बाँकी दानवीरलाई सम्मान पनि गरिएको थियो।त्यस्तै विद्यालयले मूल आयोजक समितिलाई सम्मान पनि गरेको थियो।
महोत्सव मूल आयोजक समिति संयोजक ललितमान् गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलराम रानाभाटले स्वागत तथा शिक्षकद्वय टीकाराम गौतम र जयलाल पौडेलले संयुक्त रुपमा संचालन गरेका थिए।
महोत्सव गत असोज १२ गतेदेखि २० गतेसम्म संचालन भएको थियो।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फागुन १४, २०७७मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७