भरतपोखरीमा पानी उद्योग

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७५
water

पोखरा, २० चैत । पोखरा–३घ भरतपोखरीमा व्यवसायिकतासँगै रोजगारी अभिबृद्धिको लक्ष्यका साथ युवा सकृयतामा पानी कम्पनी सञ्चालनमा ल्याइएको छ ।

पछिल्ला समयमा तीव्र रुपमा बजारीकरण भैरहेको भरतपोखरीको चैनपुर फेदीमा झण्डै डेढ करोड रुपैयाँको लागतमा हिल साइड ड्रिङकिङ्ग वाटर प्रा.लि. सञ्चालनमा ल्याइएको हो ।

६ जना संचालक रहेको उक्त कम्पनीका अध्यक्ष खगेन्द्रराज अधिकारीका अनुसार दैनिक १२ जनालाई प्रत्यक्ष रोजगारी दिने गरी सञ्चालनमा ल्याइएको उद्योगबाट दैनिक ५० हजार लिटर पानी उत्पादन हुने छ ।

उद्योगको उत्पादन ‘मिठो पानी’को बुधवार यहाँ आयोजित उद्घाटन कार्यक्रममा पोखरा–का अध्यक्ष शिवप्रसाद आचार्यले भरतपोखरीमा विकासको क्रम तीव्र रुपमा बढीरहेका अवस्थामा औद्योगिकरणले पनि गति लिएको बताए ।

सञ्चालक गोपिराज तिवारीले गत वर्ष चैत १८ गतेबाट उद्योग सञ्चालनका लागि प्रकृया थालिएको जानकारी दिदै एक वर्ष समयावधिमा उत्पादन बजारमा पु¥याउन सकिएको बताए । उद्योगले एक लिटरको बोत्तलका साथै १९.५ लिटरको जार बजारमा लगिने जानकारी दिदै उनले निकट भविष्यमा आधा लिटरको बोत्तलमा समेत निकाल्ने तयारी गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width