सहकारी मार्फत समृद्धिमा जुटौ– अध्यक्ष उप्रेती

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७५
b

बागलुङ, २० चैत । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई प्रविधिको अधिकतम उपयोग गरी सरकारले लिएको समृद्ध नेपाल ः सुखी नेपालीको नारालाई सफल पार्न सक्रियताका पूर्वक लाग्नु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बागलुङले आयोजना गरेको अन्तत्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुामा जोड दिएका हुन् । सहकारी ऐन नियम र विनियमको पालना गर्दै नयाँनयाँ प्रविधिको अधिकतम उपयोग गरेमा मात्रै हामीले लिएको लक्ष्य पुरा हुने भनाइ उनको छ ।

राज्यले लिएको नीति तथा लक्ष्य प्राप्तिका लागि सहकारीलाई संगै लैजान आवश्यक रहेको भन्दै उनले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीलाई वेवास्ता गरेर पूर्णता नहुने दावी गरे । सहकारी अभियानलाई प्रभावकारी बनाउनका लागि सरकारले ऐन नियम निर्माणमा सहजता, उत्पादन प्रशोधनमा प्रविधि, सीप र वित्तीय सहयोग आवश्यक हुने बतए ।

प्रतिनिधि सभाका सदस्य मनकुमारी केसीले सहकारी मार्फत विपन्न वर्गका जनतालाई आर्थिक, सामाजिक रुपमा अगाडि बढाउनका लागि राज्य र सहकारीबीच सहकार्यमा जोड दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width