पोखरा, १९ चैत। पोखरा महानगरपालिका वडा १७, बिरौटास्थित श्रीराम मन्दिर पोखराले श्रीमद्देवीभागवत् नवाह विराट ज्ञानमहायज्ञ–२०७५ गर्ने भएको छ।
राम मन्दिर परिसरमा चैत २३ देखि शुरु हुने महायज्ञ बैशाख १ गतेसम्म चल्नेछ।
महायज्ञ मूल आयोजक समितिले पोखरामा मङ्गलबार पत्रकार सम्मेलन गरी महायज्ञको तयारी तीव्र पारेको जनाएको छ।
महायज्ञ सम्पन्न गर्न गठित मूल आयोजक समितिसहित विभिन्न उपसमितिले तयारी तीव्र पारेका छन्। महायज्ञमा संस्कृत्विद् दयानिधि गौतमले भागवत् वाचन गर्ने छन्।
मन्दिरमा गुरुकुल संचालन गरी संस्कृत शिक्षाको पठनपाठन संचालन गर्ने, धर्म संस्कृतिको पुनर्जागरण गराउने, मन्दिरका लागि अक्षयकोष स्थापना गर्ने लगायत उद्देश्यले महायज्ञ गर्न लागिएको मूल आयोजक समिति अध्यक्ष लिलाभक्त आचार्यले जानकारी दिए। महायज्ञ प्रचार गर्दै वडा १७ सहित छिमेकी वडाहरुमा समेत घरदैलो गरिएको छ।
‘उत्साहका साथ महायज्ञको तयारीमा जुटेका छौं, मूल आयोजक समिति अध्यक्ष आचार्यले भने, ‘महायज्ञ सफल बनाउन सबैबाट सहयोग हुने अपेक्षा गरेका छौं।’ महायज्ञ सम्पन्न गर्न २५ लाख खर्च लाग्ने तथा ७५ लाख बचत हुने अनुमान गरिएको छ।
महायज्ञमा सहभागी भई श्रीमद्भागवत् कथा श्रवण गरी पुण्य आर्जन गर्न र उद्देश्य पूरा गर्नका लागि आर्थिक, नैतिक र भौतिक सहयोग गर्न आग्रह गरिएको छ।
महायज्ञ उद्घाटन पूर्व चैत २३ गते भजनकीर्तन, बाजागाजासहित एक सय आठ कलश यात्रा हुने छ। मन्दिरबाट शुरु हुने कलश यात्रा विभिन्न क्षेत्र परिक्रमापछि पुनः मन्दिर परिषर पुगेर उद्घाटन समारोहमा परिणत हुने छ।
मूल आयोजक समिति अध्यक्ष लिलाभक्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रुद्रनाथ बराल, सचिव पुण्डरी बराल र नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष विमला भण्डारी लगायतले महायज्ञका विविध पक्षबारे बोलेका थिए।
स्थानीयको सक्रियतामा २०४० साल असोज ३० गते शिलान्यास गरी राम, सीता, लक्ष्मणको प्रतिमामा प्राण प्रतिष्ठा गरी श्रीराम मन्दिरको स्थापना गरिएको थियो।
यसअघि २०६५ र २०६९ सालमा आयोजना गरिएका महायज्ञको संकलित रकमबाट मन्दिरको पुनर्निर्माणसँगै भौतिक निर्माणका कामहरु गरिएको थियो।
Related News
सम्बन्धित समाचार
पर्वतीय दिवसमा पर्वतीय महोत्सव
आदर्शको रक्तदानमा ७४ युनिट रगत संकलन
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०