पोखरा, २० चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशको पूर्वी तथा मध्य भू–भागमा मेघ गर्जन र हावाहुरीसहित बर्षाहुने सम्भावना रहेको छ ।
दिउँसो देशको पूर्वी, मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।
साँझपख काठमाडौँ, पोखरा उपत्यकासहित मुलुकका धेरैजसो भू–भाग आंशिक बदली हुने सम्भावना रहेको छ, मौसमविद् पोखरेलले भनिन ‘प्रि–मनसुनको समय भएकाले मेघ गर्जनका साथ हावाहुरी र क्षणिक वर्षा हुने देखिन्छ ।
महाशाखाले बुधवार बिहान प्रकाशित गरेको तीन दिने मौसमी बुलेटिनमा पनि देशका विभिन्न भू–भागमा आंशिक देखि सामान्य बदली रहने उल्लेख छ। बिहीबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भ–ूभागहरुमा आंशिक बदली रहने विभागले जानकारी दिएको छ ।
यसैबीच बारा र पर्सामा ठूलो धनजनको क्षति हुने गरी तीन दिनअघि आएको हावाहुरीबारे अध्ययन गर्न मौसमविद्सहितको टोली मंगलवार प्रभावित क्षेत्रमा पुगेको छ । महाशाखाकी मौसमविद् अर्चना श्रेष्ठ र सुजन सुवेदीसहितको टोली बिहान बाराको लागि प्रस्थान गरेको मौसमविद् विभुति पोखरेलले जानकारी दिइन्।
टोलीले प्रभावित क्षेत्रमा गएर घटनाको सामान्य अध्ययन गर्ने छ। मौसमविद्को टोलीले पीडित र स्थानीय प्रशासनसँग पनि छलफल गर्ने छ । यो अध्ययनले हावाहुरीको प्रकोपबाट हुन सक्ने क्षति कम गर्न सहयोग पुग्ने विभागले जनाएको छ।
Related News
सम्बन्धित समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०