पोखरा, १९ चैत। जीवनयोग प्रयोगशाला पोखराको आयोजनामा पोखरामा विशेष सत्संग हुने भएको छ।
विहीवार हुने सो कार्यक्रममा जीवन विकास विशेषज्ञद्धय गुरुदेव एलपि भानु शर्मा र रमेश नेपालको उपस्थिति रहने जीवनयोग प्रयोगशालाका अध्यक्ष गुणाखर सापकोटाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
हाल प्रयोगशालामा दैनिक ४० देखी ५० जनाको संख्यामा उपस्थिति रहँदै आएकोमा सो दिन करिब ३ सयको सहभागिता रहने बताइयो।
योग, व्यायाम र ध्यानको माध्यमबाट स्वस्थ शरिरको निर्माण गर्दै सुख, शान्ति र समृद्धि हासिल गर्ने उद्देश्यले २०६७ सालमा जीवन विज्ञानको स्थापनासँगै देशका सातवटै प्रदेशमा गरी ६३ केन्द्रमा दैनिक योग, ध्यान र व्यायाम हुने गरेको छ।
‘प्रत्येक व्यक्तिभित्र बीज रुपमा रहेको आत्मविश्वास, स्वास्थ्य, नेतृत्व, समृद्धि र सफलताको सम्भावनालाई साकार पार्नु जीवन विज्ञानको उद्देश्य हो, ’ सापकोटाले भने।
गण्डकी प्रदेशका पोखरा, दमौली, नवलपरासी र स्याङ्जामा पनि प्रयोगशाला स्थापना गरिएको छ।
मानिसमा स्वास्थ्यसम्बन्धी सचेतना बढाउँदै ध्यान र प्राणायमको माध्यमबाट शारीरिक र मानसिक स्वस्थता हासिल गर्न सघाउने जीवनयोगको उद्देश्य रहेको प्रयोगशाला सदस्य गंगालाल पोखरेलले बताए।
Related News
सम्बन्धित समाचार
गल्याङमा छोरी जन्मे खातामा ५ हजार
गल्याङको समद्धिका लागि जिम्मेवार भएर लाग्नू : मेयर भट्टराई
पोखराको नयाँबजारमा व्यापार मेला सुरु
गाउँमा सवा करोड लागतमा ३४५ धारा
वागलुङका २ विद्यालयमा आइसिटी कम्प्युटर ल्याब
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०