पोखरा, १९ चैत। माझठाना–पोखरा सम्पर्क समाजले नयाँ वर्ष २०७६ सालको भित्तेपात्रो विमोचन गरेको छ।
प्रमुख अतिथि कास्की जिल्ला समन्वय समितिका संयोजक बैनबहादुर क्षेत्रीले भित्तेपात्रो विमोचन गर्दै माझठाना पोखरा सम्पर्क समाजले गर्दै आएका कार्यको प्रशंसा गरे।
संयोजक क्षेत्रीले आफू सदैव माझठाना पोखरा सम्पर्क समाजको नजिक रहेको र माझठानाको विकासको लागि निरन्तर रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै समाजको प्रगतिका लागि सम्पूर्ण सदस्यहरु एकजुट भै अघि बढ्नुपर्ने कुरामा जोड दिए।
कार्यक्रममा पोखरा २८ का वडाध्यक्ष निर्मल दियाली सुनार, समाजका प्रथम उपाध्यक्ष एवं भित्तेपात्रो प्रकाशन उपसमितिका संयोजक दयाराम तिवारी, विज्ञापनदातातर्फबाट विष्णुप्रसाद बास्तोला, समाजका वरिष्ठ सल्लाहकार प्राध्यापक डा मानबहादुर केसी तथा समाजसेवी नन्दप्रसाद तिवारीले बोलेका थिए।
समाजका सचिव भोलानाथ ओझाद्वारा संचालित सो कार्यक्रममा समाजका अध्यक्ष दुर्गादत्त भूतेर्लले समाजको स्थिति, अवस्था र आवश्यकता अवगत गराउँदै भित्तेपात्रो प्रकाशनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनेलाई धन्यवाद व्यक्त गरे।
अध्यक्ष भूतेर्लले कार्यक्रम आयोजनाको लागि र सधैँभरी मिटिङ गर्नका लागि सभाकक्ष उपलब्ध गराउने बीजी हस्पिटल र हस्पिटलका संस्थापक एवं समाजका वरिष्ठ सल्लाहकार डा निर्मल लामिछानेप्रति हार्दिक आभार व्यक्त गरे।
२०७२ सालमा सामाजिक सेवा गर्ने उद्देश्यका साथ स्थापित समाजले छोटो समयमै सामाजिक हित र परोपकारका थुप्रै कार्यक्रम सम्पन्न गरेको छ।
समाजले स्थापनाकालदेखि नै आफ्ना वार्षिक गतिविधिहरु झल्काउँदै भित्तेपात्रो प्रकाशन गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७