बुटवल, १९ चैत । टिपरको ठक्करबाट बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका –१० रामनगर स्थित धागो कारखाना नजिकै साँझ सवा सात बजे भएको भएको उक्त दुर्घटनामा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक देवदह –४ निवासी डोलराज अर्यालको मृत्यु भएको हो।
देवदह नगरपालिका खैरेनिबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २२३२ नम्बरको टिपरले बुटवलबाट देवदहतर्फ जाँदै गरेको लु २२ प ४९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्यालको मृत्यु भएको हो।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार टिपरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका अर्यालको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजादै गर्दा मृत्यु भएको हो।
ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ५० वर्षीय अर्यालले बुटवल बहुमुखी क्याम्पसमा स्वास्थ्य तथा जनसंख्या अध्यापन गराउदै आएका थिए।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०