पोखरा कलेज अफ म्यानेजमेन्ट नदीपुरको २०१४ औ व्याचका विद्यार्थीहरुको ग्राजुएसन सेरमोनी (समारोह) आज पोखराको लेकसाइड स्थित अतिथि रिसोर्टमा सम्पन्न भयो । समारोहमा प्रमुख अतिथिको रुपमा मन्तव्य दिदैं शिक्षाविद जर्ज जोन ज्यू ले इमान्दारी, कडा परिश्रम र अनुशासनका तीन सुत्रहरुलाई आफुले अत्यन्त महत्व दिने बताउदै ग्राजुएट विद्यार्थीहरुले समेत यी तीन सुत्रहरुलाई व्यवहारमा अपनाउन सुझाव दिनुभयो ।
त्यसैगरी कलेजका प्राचार्य डा. चैतन्यराज अधिकारीले ग्राजुएट हुने विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उनीहरुको सफलतामा फयाकल्टी, अभिभावक र संचालक सवैको योगदान रहेको चर्चा गर्नुभयो ।
चेन्नाइवाट आउनुभएका आमसंचार विज्ञ ज्याकोव भर्गिजले ग्राजुएट भएका विद्यार्थीहरुले उचित समयमा उचित अवसर छोप्नका लागि जोखिम वहन गर्न डराउन नहुने राय व्यक्त गर्नुभयो । पोखरा कलेज अफ म्यानेज्मेन्टले आयोजना गरेको यो पहिलो ग्राजुएसन समारोहको अध्यक्षता कलेजका संचालक समितिका अध्यक्ष प्रा.डा. टंकनाथ शर्मा तिमिल्सिना ज्युले गर्नुभएको थियो भने कार्यक्रम संचालन कलेजका फयाकल्टी श्री सरोज कुँवरले गर्नुभएको थियो ।
कलेजको २०१४ व्याचमा विविए कार्यक्रमवाट ६३ जना विद्यार्थीहरु ग्राजुएट भएका थिए ।
Related News
सम्बन्धित समाचार
गल्याङमा छोरी जन्मे खातामा ५ हजार
गल्याङको समद्धिका लागि जिम्मेवार भएर लाग्नू : मेयर भट्टराई
पोखराको नयाँबजारमा व्यापार मेला सुरु
गाउँमा सवा करोड लागतमा ३४५ धारा
वागलुङका २ विद्यालयमा आइसिटी कम्प्युटर ल्याब
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०