गोरखा १८, चैत । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बर्डफ्लुको आशङ्कामा आइतवार राति सदरमुकाम गोरखा भित्र्याउँदै गरिएका सात हजार भन्दा बढी कुखुराका चल्ला नियन्त्रणमा लिएको छ ।
गोरखा नगरपालिका–१३ स्थित मझुवा देउरालीमा क्वारेनटाइन जाँचका क्रममा चल्ला नियन्त्रणमा लिइएको केन्द्रका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिए । सदरमुकामतर्फ ल्याइँदै गरिएका दुई गाडीबाट चार हजार १५० र छोप्राक लैजान लागिएका एउटा गाडीबाट तीन हजार दुई सय कुखुराका चल्ला नियन्त्रणमा लिइएको उनले बताए ।
“नियन्त्रणमा लिइएका चल्लाको नमूना परीक्षणका लागि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा पठाउन लागिएको छ”, उनले भने “परीक्षणपछि मात्र बिक्री गर्न मिल्ने नमिल्ने थाहा हुन्छ ।” बर्डफ्लु भएको भेटिए बर्डफ्लु रोग नियन्त्रण कायविधि २०६४ अनुसार कारवाही अगाडि बढाइने उनले बताए ।
बरामद गरिएका चल्लाको भेटिनरी प्रमाणपत्रमा फाराम भर्दा हस्ताक्षर गर्ने चिकित्सकको अक्षर र फाराम भर्दाको अक्षर समेत फरक पाइएको प्रमुख डा ठाकुरको भनाइ छ । उनले हस्ताक्षर चिकित्सकले गर्ने भए पनि व्यहोरा अरुले नै भर्ने गरेकाले पनि शङ्का उब्जिएको बताए ।
नियन्त्रणमा लिइएका चल्लाको नमूना परीक्षणपछि बडफर््लु भएको पूष्टी भए सुरक्षित ठाउँमा लगेर भए नष्ट गरिने उनले बताए । पछिल्लो पटक केही जिल्लामा बर्डफ्लु भेटिएको पूष्टी भएपछि गोरखामा बर्डफ्लु भित्रन नदिन कार्यालयले उच्च सर्तकता अपनाएको जानकारी उनले दिए ।
Related News
सम्बन्धित समाचार
गल्याङमा छोरी जन्मे खातामा ५ हजार
गल्याङको समद्धिका लागि जिम्मेवार भएर लाग्नू : मेयर भट्टराई
पोखराको नयाँबजारमा व्यापार मेला सुरु
गाउँमा सवा करोड लागतमा ३४५ धारा
वागलुङका २ विद्यालयमा आइसिटी कम्प्युटर ल्याब
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०