मसाल जुलुस निकालेको भन्दै विप्लव समूहका विद्यार्थी पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७५
ob_6d2320_natra-bikram-chanda-biplov-maoist-lea

पोखरा, १८ चैत । आफ्नो पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परेको बिरोधमा मसाल जुलुस प्रदर्शन गरेको भन्दै कास्की प्रहरीले विप्लव समूहका विद्यार्थी नेता र एक पत्रकारलाई पक्राउ गरेको छ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विद्यार्थीले आइतवार साँझ पोखराको पिएन क्याम्पसमा मसाल जुलुस प्रदर्शन गरेककाे भन्दै पक्राउ गरेको हो । मसाल जुलुस निकाल्न लागेकै अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र अर्का विद्यार्थी नेता उज्वल पुन छन् । पक्राउ पर्ने मध्ये एक जना पत्रकार छन् । नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारी कार्यक्रमको फोटो खिचिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

विरोधको कार्यक्रम सकेर क्याम्पस भित्र छिरिसकेपछि प्रहरीले पक्राउ गरेको विद्यार्थीको भनाई छ । उनीहरु तीनैजना कास्की प्रहरी हिरासतमा छन् । शान्तिपूर्ण कार्यक्रम गर्दा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीले त्यस कार्यको विरोध गरेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रवहादुर वुढाले तीन जना आइतवार साँझ पक्राउ परेको जानकारी दिए । एसपी ओम रानाले विप्लव समूहका विद्यार्थी भएको शंका लागेकै कारण तीनजना पक्राउ गरिएको जानकरी दिए । विप्लव समूहको गतिविधि निस्तेज पार्ने अभियानमा रहेको प्रहरीले केही दिनअघि प्रदेश र जिल्लाका जनसरकार प्रमुखलाई समेत पक्राउ गरिसकेको छ । प्रमाणित भएपछि मात्रै ब्यक्तिहरु सार्वजनिक गरिने रानाले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको उनको भनाई छ । पक्राउ परेका पत्रकारको तुरुन्त रिहाई गर्न नेपाल पत्रकार महासंघ कास्कीले माग गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • गल्याङमा छोरी जन्मे खातामा ५ हजार

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    गल्याङ । गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद ५ हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ…
  • गल्याङको समद्धिका लागि जिम्मेवार भएर लाग्नू : मेयर भट्टराई

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    स्याङ्जा । गल्याङ नगरपालिकाका मेयर गुरुप्रसाद भट्टराईले भोलिको गल्याङ र मुलुक निर्माण गर्ने अभियानमा सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने बताए…
  • पोखराको नयाँबजारमा व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८०
    पोखरा ।  पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा…
  • गाउँमा सवा करोड लागतमा ३४५ धारा

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८०
    पोखरा । क्व्होलासोथार गाउँपालिका ४, भुजुङमा घरघरै खानेपानीका धारा निर्माण गरिएका छन् । गाउँमा ३ सय ४५ वटा धारा निर्माण…
  • वागलुङका २ विद्यालयमा आइसिटी कम्प्युटर ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८०
    पोखरा । कर्मफ्लाइट्सद्वारा एडुटेक नेपालको सहकार्यमा वागलुङका २ विद्यालयमा आइसिटी कम्प्युटर ल्याब स्थापना गरी हस्तान्तरण गरिएको छ । ढोरपाटन–९, सुकुरदुङस्थित…

hero news full width