लोकगायक गन्धर्व पुरस्कृत

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७५
Ali Miya_Fotor

लोकसंगीत क्षेत्रमा सातदशक भन्दा बढी योगदान पुर्याएका खिमबहादुर गन्धर्वलाई हरिदेवी कोइराला संगीत सम्मान राष्ट्रिय पुरस्कार २०७५ प्रदान गर्दै संस्थाका संरक्षक हरिदेवी कोइराला, कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोला, गायिका बाबा राणा र अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ। तस्वीरः श्यामलाल श्रेष्ठ

हरिदेवी कोइराला संगीत सम्मान राष्ट्रिय पुरस्कार–२०७५ बाट अग्रज लोकगायक खिमबहादुर गन्धर्व सम्मानित भएका छन्।

हरिदेवी कोइराला साहित्य संगीत सम्मानकोष पोखराले आइतबार एक समारोहबीच नगद १५ हजार राशिसहित सम्मान पत्र र दोसल्ला प्रदान गरी गन्धर्वलाई सम्मान गरेको हो। कोषका संरक्षक हरिदेवी कोइराला, गायिका बाबा राणा, कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोला र अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले संयुक्त रुपमा सम्मान अर्पण गरेका थिए।

त्यस अघि साहित्यकार ताराप्रसाद तिमिल्सिनाले सम्मानित प्रतिभाको परिचय प्रस्तुत गर्दै सात वर्षको उमेरदेखि सारङ्गी बजाउन सुरु गरेका गन्धर्वको नेपाली लोक संगीत क्षेत्रमा सात दशक लामो योगदान रहेको उल्लेख गरे।

Related News

सम्बन्धित समाचार

    • लोककवि अलि मियाँको स्मरण

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा । लोककवि अली मियाँको १०३ आंै जन्मजयन्ती पोखरामा शनिबार मनाइएको छ । लोककवि अली मियाँ वाङ्मय प्रतिष्ठानले आयोजना गरेको…
    • सुरेश बडालको ‘रहर’ लोकार्पण

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      काठमाडौं । लेखक सुरेश बडालको नयाँ कृति ‘रहर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित एक विशेष समारोहमार्फत पुस्तक…
    • रवीन्द्र मिश्रको नयाँ पुस्तक फागुन अन्तिम सातादेखि बजारमा आउने

      Avatar आदर्श समाज सम्वाददाता फागुन १३, २०७७
      काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ यही फागुनको अन्तिम सातादेखि बजारमा आउने भएको छ…
    • कृष्णदीपको उपन्यास ‘सेकुवा’ माथि चर्चा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      पोखरा । बालबालिकाका लागि हालका दिनमा यथेष्ट पुस्तक पाउन थालिएको छ । प्रौढ पाठककालागि पनि विभिन्न रोजाइका पुस्तकहरु उपलब्ध छन्…
    • गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      पोखरा । नाम सिफारिसको लामो समयपछि पोखरा प्रज्ञा प्रतिष्ठान गठन भएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बुधबार कुलपतिसहित…

    hero news full width

    sanil ads

    wordlink ads