हेमजा, १७ चैत। चैतको २२ गतेदेखि बैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
हेमजास्थित विष्णुपादुका क्लवको आयोजनामा हुने उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आइतवार हेमजामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।
महोत्सव समग्र हेमजा तथा कास्कीकै पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सम्पूर्ण सरोकारवालासँग आग्रहसमेत गरिएको छ।
महोत्सवको उद्घाटन पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्य तय गरिएको छ। त्यस्तै, प्रतिकिलो ३२ रुपैयाँमा आलुको बिक्री वितरण गरिने महोत्सव मूल आयोजक समितिका संयोजक तथा आयोजक क्लवका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए।
सो अवसरमा कृषि विकास निदेर्शानलय गण्डकी प्रदेशका वरिष्ठ कृषि अधिकृत श्यामप्रसाद रिजाल, महोत्सवका सल्लाहकार धर्मराज बास्तोला, मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठ, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिम्सिना, अर्थ संकलन उपसमितिका संयोजक मदन थापा लगायतले धारणा राखेका थिए।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव हुँदै आइरहेको छ। महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीज सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, टर्कीको बिक्रि वितरण तथा प्रदर्शनीलगायत रहेका छन्। त्यस्तै राष्ट्रिय कृषकलाई रु.२५ हजार, प्रदेशका दुई कृषकलाई रु.१५ हजार, स्थानीय कृषकलाई रु. १० हजार साथमा दोसल्ला र सम्मानपत्रले तथा वैज्ञानिकलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ। महोत्सव संचालनका लागि रु.२८ लाख ४५ हजार खर्च लाग्ने अनुमान पनि गरिएको छ।
हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो।
महोत्सवमा २८ वटा कृषि स्टल, ९५ वटा व्यापारीक स्टल, १ रेडक्रस तथा प्राथमिक उपचार स्टल, १ सूचना स्टल तथा कुल १० वटा आलुका परिकारका स्टल रहने महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए। महोत्सव प्रवेशका लागि रु. ८० को साधारण, रु.५० को विद्यार्थी सहुलियत तथा ३ सयमा महोत्सव अवधिभर स्थानीय पासको व्यवस्था मिलाइएको छ। महोत्सव ८० देखि १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ। महोत्सवका संयोजक कृष्ण खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रचारप्रसार संयोजक श्रीभद्र पौडेलले स्वागत तथा महासचिव वसन्तकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरमा बद्रीनाथ पौडेल
औद्योगिक व्यापार मेलामा छुटैछुट
महोत्सव सफल पार्न कस्सिए आमा समूह
पोखराको नयाँबजारमा व्यापार मेला सुरु
पोखरा महोत्सवका मूल तथा उपसमिति गठन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०